कास्की-१ बाट प्रतिनिधि र प्रदेश सभा १(१) मा एमालेका उम्मेदवार विजयी

पाेखरा- कास्की १ बाट प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा नेकपा एमालेका मनबहादुर गुरुङ र खगराज अधिकारी निर्वाचित भएका छन् ।
प्रतिनिधि सभामा गुरुङ र प्रदेश सभामा अधिकारी विजयी भएका हुन् । मनबहादुर गुरुङले निकटम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका किशोरदत्त बराललाई २ हजार ५ सय १९ मतान्तरले पछि पार्दै विजयी भएका हुन् ।
एमालेका गुरुङले २५ हजार ७ सय ८ मत ल्याउँदा नेपाली काँग्रेसका बरालले २३ हजार १ सय ८९ मत ल्याए ।
यस्तै कास्की निर्वाचन क्षेत्र नम्बर १ (क) मा नेकपा एमालेका अधिकारीले नेकपा माओवादीका दिपक कोइरालालाई ३ हजार ९ सय ९६ मतले पछि पार्दै विजयी भए ।
अधिकारीले १५ हजार ६ सय २३ मत ल्याउँदा कोइरालाले ११ हजार ६ सय २७ मत प्राप्त गरे ।
कास्की १ (२) बाट नेकपा एमालेका बेदबहादुर गुरुङ विजयी भईसकेका छन् ।

चैत्र १५ गतेको घटनाका पक्राउ परेका कुनै पनि व्यक्ति अपराधी होइनन् : कमल थापा

तल्लो तहका जनताको जीवनस्तर उठाउने माओवादीको लक्ष्य हो : प्रचण्ड

बौद्ध धर्मदर्शन पालन गरौँः सञ्चारमन्त्री गुरुङ

देशको अवस्थाबारे सही ढङ्गबाट विश्लेषण गर्ने बेला हो यो : सभामुख घिमिरे

आयोजना तथा कार्यक्रम हेरफेर गर्छौं : अर्थमन्त्री पौडेल

काठमाडौँ उपत्यकाका नदीनाला स्वच्छ बनाउन सरकार क्रियाशील छः मन्त्री सिंह

जलवायु सङ्कट नियन्त्रणका प्रयासमा सञ्चार क्षेत्र सक्रिय हुनुपर्छ : उपराष्ट्रपति यादव

प्रतिक्रिया