जितपछि माधव नेपालले भने– अपेक्षा गरेभन्दा फरक नतिजा आयो

काठमाडौं–नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले निर्वाचनमा अपेक्षा गरेभन्दा फरक नतिजा आएको बताएका छन् ।
रौतहटको निर्वाचन क्ष््रोत्र नं. १ बाट निर्वाचित भएपछि सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष नेपालले निर्वाचनमा आफूले सोचेको भन्दा कम नतिजा आएको र नतिजाले शिक्षा दिएको बताए । उनले आगामी दिनमा निर्वाचनको परिणामको मूल्याङन गर्दै भएका कमीकमजोरी सुधार गरि अघि बढ्ने धारणा राखे । उनले अबको सरकार कस्को बन्छ भनेर अहिले नै भन्न नसकिने भन्दै समयको माग अनुसार बन्न सक्ने बताए ।
उनले जनताले आफुलाई ईमान्दारीता र निष्ठापूर्वक नै हेरेकाले जनताको विश्वासलाई पूरा गर्ने जिकिर गरे ।
अध्यक्ष नेपालले ३३ हजार पाँच सय २२ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका अजयकुमार गुप्ताले २६ हजार नौ सय २२ मतप्राप्त गरेका छन् । यसअघि विसं २०४८ देखि २०५६ सम्म राष्ट्रियसभा सदस्य तथा प्रमुख विपक्षी दलका नेता रहेका नेपाल विसं २०५६, २०६५, २०७० र २०७४ मा पनि प्रतिनिधिसभा सदस्य थिए ।

चैत्र १५ गतेको घटनाका पक्राउ परेका कुनै पनि व्यक्ति अपराधी होइनन् : कमल थापा

तल्लो तहका जनताको जीवनस्तर उठाउने माओवादीको लक्ष्य हो : प्रचण्ड

बौद्ध धर्मदर्शन पालन गरौँः सञ्चारमन्त्री गुरुङ

देशको अवस्थाबारे सही ढङ्गबाट विश्लेषण गर्ने बेला हो यो : सभामुख घिमिरे

आयोजना तथा कार्यक्रम हेरफेर गर्छौं : अर्थमन्त्री पौडेल

काठमाडौँ उपत्यकाका नदीनाला स्वच्छ बनाउन सरकार क्रियाशील छः मन्त्री सिंह

जलवायु सङ्कट नियन्त्रणका प्रयासमा सञ्चार क्षेत्र सक्रिय हुनुपर्छ : उपराष्ट्रपति यादव

प्रतिक्रिया