सर्वसाधारणले कहिले चढ्न पाउँछन् धरहरा ?
प्राधिकरण भन्छ- कम्तीमा नौ महिना

काठमाडौं : नयाँ धरहराको उद्घाटन हुने खबर बाहिर आएसँगै मानिसहरू दिनहुँ धरहराको गेटमा पुग्ने गर्छन् । गेटमा बसेकाले ‘धरहरा अहिले नै चढ्न पाइँदैन’ भनेपछि निराश भएर फर्कन्छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार धरहराको उद्घाटन गरे पनि सर्वसाधारणले अझै नौ महिना धरहरा चढ्न नपाउने राष्ट्रिय पुनः निर्माण प्राधिकरणका सहप्रवक्ता एवं सूचना अधिकारी मनोहर घिमिरे बताउँछन् ।
‘धरहराको मात्रै पुनःनिर्माण सकिएको हो । वरपरका संरचना बन्न बाँकी नै छ’ उनी भन्छन्, ‘सबै संरचना पुससम्ममा बनिसक्छ । अनि मात्रै सर्वसाधारणको लागि खुला हुन्छ ।’
के के बाँकी छ निर्माण हुन ?
निर्माणको ठेक्का पाएको जिआइइटिसी–रमन जेभीले निर्माणस्थलमा काम गरि नै रहेको छ । जेबीले तयार गरेको स्केच पुरातत्व विभागलाई २०७३ चैतमा हस्तान्तरण गरेको थियो । डिजाइन अनुसार धरहराको काम सकिएको छैन ।
प्रधानमन्त्री ओलीले २०७२ फागुन ४ गते ‘मेरो धरहराः म बनाउँछु’ अभियान सुरुवात गरेका थिए । उक्त कार्यक्रममा धरहरा ढलेर मृत्यु भएकाहरुको सम्झनामा स्मारक राख्ने र संग्रहालय बनाउने ओलीले बताएका थिए । तर त्यस्तै स्मारक र संग्रहालय बन्नै बाँकी छ । भूकम्पबाट बचेको भागलाई ‘भुइँचालो स्मारक’ का रूपमा सिसाको फ्रेम (टेम्पर्ड ग्लास)ले छोपेर राख्ने काम नै बाँकी छ ।
नवनिर्मित धरहराले गोश्वारा हुलाक कार्यालय र टक्सार कार्यालय रहेको क्षेत्रलाई समेत समेटेको छ । ४२ रोपनी क्षेत्रफलमा बन्ने नयाँ धरहराको वरिपरि गाडी पार्किङ गर्न सकिने तीन तले अत्याधुनिक पार्किङ र अत्याधुनिक तथा सुविधासम्पन्न संग्रहालयसमेत बनाउने योजना थियो ।
अहिले नयाँ धरहरा तयार भएको छ । तर बगैँचा, संग्रहालय, रङ्गीन जलफोहरा, प्रदर्शनी हल, पसललगायत निर्माण गर्न बाँकी छन् । त्यस्तै पार्किङसहित रेष्टुराँ, पुस्तकालय लगायत सुविधा हुनेछन् । गोश्वारा हुलाक भएको स्थानमा उद्यान बनाउने योजना छ ।
उद्यानभित्र बस्ने ठाउँ, ढुङ्गेधारा, हरियाली, चमेनागृह हुनेछ । धरहरामा पढ्न चाहने, ध्यान गर्न चाहने या बस्न चाहने सबैका लागि सुविधा उपलब्ध हुने डिजाइनमा छ । धरहरा निर्माणसँगै यसको छेउमा अत्याधुनिक तीन तले सवारी पार्किङ स्थल पनि बन्ने छ । त्यस्तै दुई तला मुनि गएर लिफ्टबाट माथिल्लो भागमा जान सकिनेछ ।

अप्रिलमा भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक

पर्यटन प्रवर्द्धन गर्न आकर्षक पर्यटकीय ‘प्याकेज’ पस्कनुपर्छ : विज्ञहरु

नगरकोट भ्रमण वर्ष : दुई दिनमा एक लाख पर्यटक

वर्षान्त २०८१ः होटलमा लगानी ओइरिएको वर्ष

नगरकोट भ्रमण वर्ष तयारी पूरा

पर्यटकीय हब बन्दै मुस्ताङको मार्फा

मार्चमा एक लाख २१ हजार बढी विदेशी पर्यटक नेपाल आए, कुन देशबाट कति ?

प्रतिक्रिया