'फ्लोर क्रस' गर्दा मन्त्री उपहार, पार्टी चेन्ज गर्दा टिकट उपहार, चुनावमा हार उपहार

सुर्खेत- कालिकोटबाट प्रदेश सभा (क) मा नेकपा एमालेबाट उम्मेदवार एंव पूर्व मन्त्री कुर्मराज शाही २०७८ वैशाखमा कर्णाली प्रदेशसभामा पार्टी ह्वीप विपरित फ्लोर क्रस गरे ।
फलस्वरुप तत्कालिन कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पद जोगाइदिएपछि उनलाई मन्त्री बनाए । एमालेले शाहीलाई कारबाही गरेपछि सांसद पद गयो । एमालेले कारबाही गरेपछि समाजवादी रोजेका शाही ६ महिने मन्त्रीको पदमा रहँदा निकै विवादित बने । मन्त्री बनिरहै बेलामा उनीमाथि बलात्कारको आरोपसमेत लाग्यो
प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनको लागि समाजवादीबाटै प्रचारप्रसारमा संलग्न शाही उक्त क्षेत्र माओवादीको भागमा पर्ने भएपछि अन्तिम समयमा पुनः एमाले रोजे । उनलाई एमालेले टिकट दिएको थियो ।
तर, उक्त क्षेत्रबाट माओवादीका उम्मेदवार दुर्गाबहादुर रावत विजयी भए । रावतले शाहीलाई १ हजार ५९ मतान्तरले पराजित गरे ।
खसेको ३१ हजार मतमध्ये रावतको पक्षमा ९ हजार ११ आएर निर्वाचित भए भने एमालेका शाहीको पक्षमा ७ हजार ९५२ आएको छ । प्रदेशसभामा निर्वाचित रावत २०७४ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा २१ हजार एक सय १२ ल्याएर निर्वाचित भएका थिए ।

यी हुन् जसपाको मधेस प्रदेश सांसद

यी हुन् एमालेका कर्णाली प्रदेश सभा समानुपातिक सांसद

माओवादी केन्द्रले छान्यो प्रतिनिधिसभामा यी १४ सांसद (सूचीसहित)

संघमा थ्रेसहोल्ड कटाउन नसकेको एकीकृत समाजवादीलाई समानुपातिकतर्फ प्रदेशमा नौ …

दोलखाको मत गणना अन्तिमतिर : शिवाकोटीले घटाए मतान्तर, कसको मत कति ?

११९५ मतान्तरले माओवादीका कार्की अगाडि लागे, शिवाकोटीको मत कति ?

रोमाञ्चक बन्दै दोलखाको मतगणना, ३० मतले अगाडि लागे एमालेका शिवाकोटी

प्रतिक्रिया