पुष्पा भुसाल हारेपछि कांग्रेस नेताले दिए राजीनामा

काठमाडौँ- नेपाली कांग्रेस अर्घाखाँचीका नेता इन्द्रमणि पौडेलले पदबाट राजीनामा दिएका छन् । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा कांग्रेस तथा पाँचदलीय गठबन्धन पराजय भएपछि उनले बिहीबार नैतिकताको आधारमा राजीनामा दिएका हुन् ।
उनले पार्टीमा देखिएको अराजकता, असहिष्णु व्यवहारका कारण अर्घाखाँचीमा सत्तागठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पुष्पा भुसालसहित प्रदेशका दुवै सिट गुमेकाले पदमा बस्न नैतिकताका आधारमा नमिल्ने भन्दै उनले जिल्ला कार्यसमितिबाट राजीनामा दिएका हुन् । उनले आगामी दिनमा कांग्रेसभित्रै रहेर राजनीति गर्ने विज्ञप्तिमा उल्लेख गरेका छन् ।
अर्घाखाँचीमा प्रतिनिधिसभा सदस्यकी उम्मेदवार भुसाल एमालेका टोपबहादुर रायमाझीसँग पराजित भएकी छन् । जिल्लाका सबै सिटमा एमालेले क्लिन स्विप गरेको छ ।

यी हुन् जसपाको मधेस प्रदेश सांसद

यी हुन् एमालेका कर्णाली प्रदेश सभा समानुपातिक सांसद

माओवादी केन्द्रले छान्यो प्रतिनिधिसभामा यी १४ सांसद (सूचीसहित)

संघमा थ्रेसहोल्ड कटाउन नसकेको एकीकृत समाजवादीलाई समानुपातिकतर्फ प्रदेशमा नौ …

दोलखाको मत गणना अन्तिमतिर : शिवाकोटीले घटाए मतान्तर, कसको मत कति ?

११९५ मतान्तरले माओवादीका कार्की अगाडि लागे, शिवाकोटीको मत कति ?

रोमाञ्चक बन्दै दोलखाको मतगणना, ३० मतले अगाडि लागे एमालेका शिवाकोटी

प्रतिक्रिया