नेपालले प्रस्तुत गर्यो कीर्तिमानी लक्ष्य

काठमाडौँ: त्रिकोणात्मक टी–ट्वान्टी श्रृंखलाको फाइनलमा शनिबार नेपालले पाहुना टोली नेदरल्यान्ड्सलाई २३९ को लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जारी फाइनलमा कुशेल भुर्तेलले अर्धशतक प्रहार गरेपछि नेपालले कीर्तिमानी लक्ष्य दिएको हो ।
अन्तराष्ट्रिय टी–ट्वान्टीमा नेपालले विपक्षी टिमका सामु प्रस्तुत गरेको यो नै सबैभन्दा ठूलो लक्ष्य हो । यसअघि नेपालले भुटानलाई सन् २०१९, डिसेम्बरमा २३६ को लक्ष्य दिएको थियो ।
उता कुशलले श्रृंखलामा चौँथो अर्धशतक बनाउने क्रममा ७७ रन जोडे । ५३ बल सामना गर्दा कुशलले तीन छक्का र आठ चौका बनाए । निर्धारित २० ओभरमा तीन विकेटको क्षतीमा २३८ रनको योगफल तयार पारेको नेपालका लागि कुशल मल्लले अविजित ५० रन बनाए भने कप्तान ज्ञानेन्द्र मल्लले ३३ रन जोडे ।

म्याग्दी भलिबल कप : आयोजकलाई हराउँदै स्याङ्जा विजयी

द्वारिकादेवी ठकुरानी महिला क्रिकेट बिहीबारदेखि

सन्दीपको टिमलाई ब्रिज कपको उपाधि

सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग नेपाल पराजित

स्कटल्याण्डले दियो नेपाललाई १९४ रनको लक्ष्य
सिरिज जित्ने लक्ष्यका साथ नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

प्रतिक्रिया