फाइनलमा कुशल भुर्तेलको शानदार अर्धशतक

काठमाडौं : त्रिदेशीय क्रिकेटको फाइनलमा नेपालका आक्रामक ओपनर कुशल भुर्तेलले अर्धशतक बनाएका छन् । नेदरल्याण्ड्सविरुद्धको फाइनलमा भुर्तेलले शानदार अर्धशतक बनाउँदै नेपाललाई विशाल लक्ष्यतर्फ अग्रसर बनाएका छन् । यो समाचार तयार पार्दासम्म नेपालले १६ ओभरमा ३ विकेट गुमाएर १६९ रन बनाएको थियो ।
१३ औं ओभरको चौथो बलमा छक्का प्रहार गरे । फाइनलमा ७७ रनमा आउट भएका कुशलले नेपालको ओपनिङमा ठुलो परिवर्तन ल्याएका छन् । ५३ बलको सामना गरेका उनले ८ चौका र ३ छक्का प्रहार गरे ।
यससँगै भुर्तेलले पारस खड्काको किर्तिमान बराबरी गरेका छन् । पारसले चार अर्धशतकसँगै एक शतक पनि बनाएका छन् । यसअघि डेब्यु गरेकै दिन भुर्तेलले अर्धशतक बनाएका थिए । कुनै पनि टी–ट्वान्टी सिरिजमा लगातार तीन खेलमा अर्धशतक बनाउने उनी पहिलो नेपाली ब्याट्सम्यान हुन् ।

म्याग्दी भलिबल कप : आयोजकलाई हराउँदै स्याङ्जा विजयी

द्वारिकादेवी ठकुरानी महिला क्रिकेट बिहीबारदेखि

सन्दीपको टिमलाई ब्रिज कपको उपाधि

सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग नेपाल पराजित

स्कटल्याण्डले दियो नेपाललाई १९४ रनको लक्ष्य
सिरिज जित्ने लक्ष्यका साथ नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

प्रतिक्रिया