ओखलढुंगा प्रदेशसभा (१) मा कांग्रेसका सुनुवार र (२) माओवादीका गौतम निर्वाचित

विराटनगर- ओखलढुंगाको प्रदेशसभामा सत्ता गठबन्धनका दुवै उम्मेदवार निर्वाचित भएका छन् । प्रदेशसभा (१) मा नेपाली कांग्रेसका प्रदीप सुनुवार र (२) मा माओवादी केन्द्रका बाबुराम गौतम निर्वाचित भएका हुन् ।
प्रदेशसभा (१) बाट कांग्रेसका सुनुवारले १४ हजार ९१६ मत प्राप्त गर्दै विजयी भएका छन् । उनले पूर्व भौतिक पूर्वाधार विकासमन्त्री समेत रहेका नेकपा एमालेका अम्बिरबाबु गुरुङलाई ३६० मतान्तरले पराजित गरेका छन् । गुरुङले कुल १४ हजार ५ सय ५६ मत पाएका हुन् ।
त्यसैगरी प्रदेशसभा (२) मा गौतमले निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका ज्ञानबहादुर खड्कालाई १ हजार ९६ मतले पराजित गरेका छन् ।
गौतमले १५ हजार ७३८ मत प्राप्त गर्दा खड्काले १४ हजार ६४२ मत प्राएको जनाइएको छ ।
प्रदेश १ को प्रदेशसभातर्फको कुल ५६ प्रत्यक्ष सिटका लागि जारी मतगणनाबाट सुनुवार र गौतमको जितसँगै तीन सिटको टुंगो लागेको छ । यसअघि मोरङ–५ (१) बाट कांग्रेसकै गयानन्द मण्डल गनगाई निर्वाचित भएका भइसकेका छन् ।

यी हुन् जसपाको मधेस प्रदेश सांसद

यी हुन् एमालेका कर्णाली प्रदेश सभा समानुपातिक सांसद

माओवादी केन्द्रले छान्यो प्रतिनिधिसभामा यी १४ सांसद (सूचीसहित)

संघमा थ्रेसहोल्ड कटाउन नसकेको एकीकृत समाजवादीलाई समानुपातिकतर्फ प्रदेशमा नौ …

दोलखाको मत गणना अन्तिमतिर : शिवाकोटीले घटाए मतान्तर, कसको मत कति ?

११९५ मतान्तरले माओवादीका कार्की अगाडि लागे, शिवाकोटीको मत कति ?

रोमाञ्चक बन्दै दोलखाको मतगणना, ३० मतले अगाडि लागे एमालेका शिवाकोटी

प्रतिक्रिया