भारत-चीन सीमामा फेरि हिमताल फुट्यो !

काठमाडौँ : भारत-चीन सीमा जोड्ने सडकमा पर्ने चमोली भन्ने ठाउँमा हिमताल फुटेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । समाचारअनुसार भारी हिमपातका कारण हिमताल फुटेको हुनसक्ने अनुमान छ । भारतीय प्रहरी अधिकारीकाअनुसार त्यहाँ कुनै सम्पर्क हुन सकेको छैन ।
उत्तराखण्ड प्रहरीले लगातार सम्पर्क गर्ने प्रयास गरिरहेको जनाएको छ । उद्दारका लागि प्रहरीले एक टोलीसमेत त्यसतर्फ पठाएको छ । तर, भारी वर्षा र खराब मौसमका कारण जटिलता थपिएको छ । सडक निर्माणको काम गरिरहेका मजदूरहरू सो क्षेत्रमा रहेको भारतीय सञ्चार माध्यम आजतकले उल्लेख गरेको छ।
समाचारअनुसार हिमताल फुटेपछि ऋषिगंगा नदीको बहाब दुई फिट बढेको छ । अहिलेसम्म कुनै क्षतिको विवरण प्राप्त भएको छैन । उक्त क्षेत्रमा केही दिनदेखि हिमपात भइरहको थियो ।
उत्तराखण्डका मुख्यमंत्री तीरथ सिंह रावतले घटनाका बारेमा ट्वीटमार्फत जानकारी दिएका छन् । उनले घटनाका विषयमा पूरै सहयोग गर्ने आश्वासन दिएका छन् । गत फेब्रुअरीमा पनि त्यहाँ हिमताल फुट्दा ७९ जनाको मृत्यु भएको थियो ।

असदको पतनपछि २० लाख सिरियाली स्वदेश फर्किए : राष्ट्रसङ्घ

इरानले ‘ठूलो मूल्य चुकाउनु पर्ने’ नेतन्याहूको चेतावनी

पाकिस्तानी प्रधानमन्त्रीको नीजि जीवनः चार पत्नीमा लेखिकादेखि मोडेलसम्म
किभमा रुसी हमलामा १४ जनाको मृत्यु, दर्जनौँ घाइते
फ्रान्सका पूर्वप्रधानमन्त्री फिलनलाई पत्नीको नक्कली जागिर प्रकरणमा जेल सजाय
भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी

प्रतिक्रिया