नेपाली क्रिकेट टिमको बिदाई

काठमाडौँ- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय सिरिज खेल्न जान लागेको नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको बिदाई गरिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार नेपाली टिमको बिदाइ गरेको हो । क्यानका कोषाध्यक्ष रोशनकुमार सिंह, सदस्य दुर्गाराज पाठक र महाप्रबन्धक वृतान्त खनालले टिमको बिदाई गरे ।
नेपालले नामबियामा त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्ने तालिका रहेको छ । नामिबिया र नेपालसँगै स्कटल्यान्ड पनि सिरिजमा हुनेछ । सिरिज आगामी डिसेम्बर १ देखि ८ तारिखसम्म हुनेछ ।
तर नामिबिया जानु अघि नेपाली टोली भारतमा एक साता तयारी गर्ने क्यानले जनाएको छ ।
सिरिजका लागि नेपालले रोहित पौडेलको कप्तानीमा टिम घोषणा गरिसकेको छ ।
नेपालको टोली :
रोहित पौडेल, आसिफ शेख, दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, ललित राजवंशी, सोमपाल कामी, सागर ढकाल, अर्जुन साउद, ज्ञानेन्द्र मल्ल, आरिफ शेख, गुलशन झा, करण केसी, हरिशंकर साह, नन्दन यादव

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया