साङ्घाईको एक कारखानामा आगलागी : आठको मृत्यु

साङ्घाईमा एक कारखानामा बिहीबार लागेको आगलागीमा परी दुईजना अग्नि नियन्त्रकसहित आठ व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरुले शुक्रबार पुष्टि गरेका छन् ।
विशेषगरी इलेक्ट्रोनिक सामान उत्पादन गर्ने यस कारखानामा स्थानीय समयानुसार बिहीबार दिउँसो १:३० बजे आगलागी शुरु भएको बताइएको छ ।
स्थानीय समयानुसार शुक्रबार बिहान ६:२० बजे आगो निभाएको जिल्ला सरकारको सूचना कार्यालयले जनाएको छ । यस आगलागीमा परेर ज्यान गुमाएका आठ व्यक्तिको शव भेटिएको बताइएको छ ।
वरपरको वातावरण र पानी प्रदूषित नभएको प्रारम्भिक छानबिनले सुझाव समितिले बताएको जनाइएको छ । आगलागीको कारणका बारेमा थप अनुसन्धान भइरहेको पनि अधिकारीहरुले जानकारी दिएका छन् । (सिन्ह्वा)

असदको पतनपछि २० लाख सिरियाली स्वदेश फर्किए : राष्ट्रसङ्घ

इरानले ‘ठूलो मूल्य चुकाउनु पर्ने’ नेतन्याहूको चेतावनी

पाकिस्तानी प्रधानमन्त्रीको नीजि जीवनः चार पत्नीमा लेखिकादेखि मोडेलसम्म
किभमा रुसी हमलामा १४ जनाको मृत्यु, दर्जनौँ घाइते
फ्रान्सका पूर्वप्रधानमन्त्री फिलनलाई पत्नीको नक्कली जागिर प्रकरणमा जेल सजाय
भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी

प्रतिक्रिया