सोमबार १६ असार, २०८२
Monday, June 30, 2025

देउवा-सागर मतान्तर २९९०

डडेल्धुरा- प्रतिनिधिसभा निर्वाचनमा डडेल्धुरामा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले अग्रता कायम राखेका छन् । सुरुवाती अग्रता लिएका देउवाले निरन्तर मतान्तर बढाउँदै लगेका छन् ।

१४४७० गणना सकिँदा देउवाले ५७८७ मत पाएका छन् । 

त्यस्तै स्वतन्त्र उम्मेदवार सागर ढकालले २७९७ मत पाएका छन् । 

त्यस्तै नेपाली कांग्रेस (वीपी)का कर्णबहादुर मल्लले १६९० मत पाएका छन् ।

अहिले पनि मतगणना जारी छ ।