शनिबार ०३ जेठ, २०८२
Saturday, May 17, 2025

सिके राउतभन्दा उपेन्द्र यादव दोब्बर बढी मतले पछाडि

काठमाडौँ- सप्तरी-२ मा जसपा अध्यक्ष उपेन्द्र यादव मतगणनाको सुरुवाती नतिजामा धेरै पछाडि परेका छन् । उनलाई जनमत पार्टीका डा.सीके राउतले धेरै मतान्तरले पछाडि छाडेका छन् ।

राउतले ८४२०, लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले १६३० र जनता समाजवादी पार्टीका अध्यक्ष यादवले ३६३३ मत पाएका छन् ।

हाल मत गणना जारी छ ।