मनाङबाट सांसद जितेका गुरुङ : विशेष अदालतमा भ्रष्टाचार मुद्दा विचाराधीन, तत्काल संसद् छिर्न नपाउने

काठमाडौँ- मनाङबाट प्रतिनिधि सभामा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी भएका छन् । उनले नेकपा एमालेका पोल्देन छोपाङ गुरुङलाई ३ सय २८ मतान्तरले पराजित गरेका हुन् ।
टेकबहादुरले २ हजार ५ सय ७५ मत ल्याउँदा पोल्देन छोपाङले २ हजार २ सय ४७ मत ल्याएका छन् ।
तर गुरुङ तत्काल संसद् प्रवेश गर्न पाउने छैनन् । गुरुङविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा विचाराधीन छ । भृकुटीमण्डपस्थित समाज कल्याण परिषदको ६० रोपनी जग्गा भाडामा दिँदा ३१ करोड रुपैयाँ भ्रष्टाचार गरेको गुरुङमाथि आरोप छ । उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो । गुरुङलाई विशेष अदालतले पाँच लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो ।
निर्वाचनसम्बन्धी ऐनले भ्रष्ट्राचार मुद्दामा दोषी नठहरिएका व्यक्तिलाई उम्मेदवार बन्न अयोग्य ठहर नहुने उल्लेख छ । तर भ्रष्ट्राचार निवारण ऐन २०५९ को दफा ३३ मा कुनै व्यक्तिउपर भ्रष्टाचार मुद्दा दायर भएकामा मुद्दाको किनारा नभएसम्म स्वतः निलम्बनमा रहने व्यवस्था छ ।
गुरुङको मुद्दा छिनोफानो भएपछि सांसदको हैसियतमा काम गर्न पाउँछन् ।

७० रोपनी क्षेत्रफलमा अङ्गुरखेती
धवलागिरिको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिँदै

फेवाताल किनारमा ३६० सीमा स्तम्भ गाडिए

विषादी न्यूनीकरणमा जोड दिँदै कृषि ज्ञान केन्द्र

दमौलीमा पानीको हाहाकार : एक गाग्रीका लागि घण्टौँ लाइनमा बस्नुपर्ने

स्थानीय जातका गाई र हालगोरू पाल्ने कृषकलाई अनुदान वितरण

प्रतिक्रिया