पोखरा विमानस्थलमा क्यालिब्रेसन फ्लाईट

पोखरा- पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा जडान उपकरणहरूको क्षमता परीक्षण गर्न सोमबारदेखि क्यालिब्रेसन उडान (फ्लाईट) सुरु भएको छ ।
५ मंसिर (२१ नोभेम्बर)देखि १२ मंसिर (२८ नोभेम्बर)सम्म पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान गरिने भएको हो । क्यालिब्रेसन फ्लाईटका लागि एरो थाईको जहाज र प्राविधिकहरू शनिबार नै पोखरा आएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता अनुप जोशीले जानकारी दिए ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान गर्ने तालिका स्वीकृत गरेको हो । यो प्रयोजनका लागि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण गरेको जहाज पोखरा ल्याइएको विमानस्थल प्रवक्ता जोशीले जानकारी दिए । ‘नोभेम्बर २१ देखि २५ सम्म उडान हुन्छ एक दिन ब्रेक गरेर २६ र २७ गते क्यालिब्रेसन फ्लाईट हुन्छ,’ उनले भने ।
क्यालिब्रेसन फ्लाईटमा विमानस्थलमा जडित सबैखाले उपकरणको परीक्षण गरिनेछ । उडानको प्रतिवेदन कम्पनीले बुझाएपछि मात्र नयाँ विमानस्थलमा उडान हुने गर्दछ । सुरुमा परीक्षण उडान सफल भएपछि व्यावसायिक उडान सुरु हुने छन् । ‘आजबाट क्यालिब्रेसन फ्लाईट सुरु भएको छ । प्राविधिकहरूले रिपोर्ट बुझाएपछि हामीले पूर्ण रूपमा हामीले जानकारी पाउँछौं,’ उनले भने, ‘प्रारम्भिक रूपमा हेर्दा हामीले राम्रो नै पाएका छौं ।’
यो उडानपछि सबै प्राविधिक विषय जानकारी हुने प्रवक्ता जोशीले जानकारी दिए । ‘जहाजले यो रुटमा उड्दा सिंगन पाउँछन कि पाउँदैन भन्ने कुरा सुरक्षित गर्ने उनीहरूको दायित्व हो,’ उनले भने, ‘हामीले यहाँ जोडेको फंगसनले काम गर्छ या परिवर्तन गर्नुपर्छ भनेर सबै चेक गर्छ ।’
_8Og4xLSXmN_us9gqraqhqvp7iwft5xdtagbjhtpv1pfblmcytvjrbnfnnuvtomujikd1jnt_Pifjtswrrc_pgvywfjwlsoc9uluexsv8yyrmtekopmo0lzkauugkgps9e5talra36wg0yzl.jpg)
ट्र्याक खुलेको १४ वर्षपछि दरवाङ–बिम–दिच्याम सडक स्तरोन्नति

कालीगण्डकी तर्न साँघुको भर

आकर्षणको केन्द्र बन्दै छहरे झरना

बारपाकको दलितबस्ती : बत्तीमुनिको अँध्यारो

सोह्रौँ शताब्दीदेखिको इतिहासको साक्षी लमजुुङ दरबार

कृषिमा जोडियो माओवादी, तनहुँमा ५० रोपनीमा अदुवा खेती
म्याग्दीमा पशुपालन गर्ने घट्दै

प्रतिक्रिया