बिहीबार ०१ जेठ, २०८२
Thursday, May 15, 2025

मेटमणिको पछिपछि शान्ता, गंगा चौधरीले पाइन् २ मत

काठमाडौँ- प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको सुरुवाती मतपरिणामअनुसार दाङ १ मा एकीकृत समाजवादीका उम्मेदवार मेटमणि चौधरीले अग्रताले लिएका छन् ।

सहरी विकासमन्त्रीसमेत रहेका चौधरीले १२५ मत प्राप्त गरेका छन् । यस्तै दोस्रो स्थानमा एमालेकी उम्मेदवार शान्ता चौधरी छन् । शान्ताले ६९ मतसहित मेटमणिलाई पछ्याइरहेकी छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठकले ५४, नागरिक उन्मुक्ति पार्टीका सुरेन्द्र चौधरीले १८ र हाम्रो नेपाली पार्टी गंगा चौधरीले २ मत ल्याएकी छन् ।