सप्तरी-२ मा जनमत पार्टीको अग्रता कायमै

सप्तरी - सप्तरी २ मा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले अग्रता लिएको छ । डा. राउतले दुई हजार चार सय दुई मत प्राप्त गरी अग्रता कायम गरेका हुन् ।
जसपाका अध्यक्ष उपेन्द्र यादव सात सय ६८ मत प्राप्त गरी दोस्रो स्थानमा छन् । त्यस्तै गठबन्धनका जयप्रकाश ठाकुरले पाँच सय ५० मत प्राप्त गरि तेस्रो स्थानमा छन् ।
सप्तरी-२ (क) मा जनमत पार्टीका सतिस सिंहले दुई हजार दुई सय पाँच मत प्राप्त गरी पहिलो स्थानमा छ । जनता समाज पार्टीका शैलेन्द्रप्रसाद साह नाै सय ८० मत प्राप्त गरि दोस्रो स्थानमा र लोकतान्त्रिक समाजवादी पार्टीका सरोज मण्डल नाै सय ३६ मत प्राप्त गरि तेस्रो स्थानमा रहेका छन् ।
सप्तरी कै २ (ख) मा जनमत पार्टीका महेश यादव एक हजार चार सय ६७ मत प्राप्त गरी अग्रता कायम गरेका छन् । गठबन्धनका उमेश यादवले सात सय चार मत प्राप्त गरि दोस्रो स्थानमा र जसपाका लक्ष्मण यादव पाँच सय १३ मत प्राप्त गरि तेस्रो स्थानमा छन्।

सामुदायिक विद्यालयको नतिजा खस्किनुको कारण खोज्नुपर्छ : लिङ्देन

गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिका नेता: राष्ट्रपति पौडेल

कम्युनिष्टमा बढेको अन्तरविरोध कम गर्न आन्दोलनलाई एकताबद्ध गर्नुपर्छ’

योग्यताका आधारमा प्रतिस्पर्धाबाट शिक्षक छनोट गर्न माग

भ्रष्टाचार गरेको प्रमाण दिए जस्तोसुकै बलिदान दिन तयार छुः अध्यक्ष नेपाल

राष्ट्रियसभाको बैठक बस्दै, के छ सम्भावित कार्यसूची ?

प्रधानमन्त्री ओली स्वदेश फर्कँदै

प्रतिक्रिया