सङ्खुवासभाका तीन मतदानस्थलका मतपेटिका हेलिकप्टरमा ल्याइयो

किमाथाङ्का- सङ्खुवासभाका दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकाका तीन मतदानस्थलका मतपेटिका हेलिकप्टरमार्फत ल्याइएको छ ।
चीनको सीमावर्ती किमाथाङ्का, थुदाम र रिदाक मतदान केन्द्रका मतपेटिका सेनाको हेलिकप्टरमार्फत ल्याइएको हो । भौगोलिकरुपमा विकट र दुर्गम मानिएको भोटखोला गाउँपालिकाको दूधपोखरी आधारभूत विद्यालय थुदाम, हिमालय आधारभूत विद्यालय किमाथाङ्का र ज्योति आधारभूत विद्यालय रिदाकसहित तीन मतदान केन्द्रको मतपेटिका आज दिउँसो हेलिकप्टरमार्फत ल्याइएको सहायक निर्वाचन अधिकृत डाक्टर इन्द्र सापकोटाले जानकारी दिए ।
तीन दिनसम्म पैदल हिँडाएर मतपेटिका सदरमुकाम खाँदबारी ल्याउनुपर्ने भएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत ल्याइएको हो । थुदाम मतदान केन्द्रको २० मत, किमाथाङ्काको एक सय ४८ र रिदाक मतदान केन्द्रमा खसेको मत पेटिकालाई खाँदबारी ल्याइएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार एक सय ६४ मतदान केन्द्रमध्ये एक सय पाँच केन्द्रको मतपेटिका सदरमुकाम खाँदबारीमा सङ्कलन भइसकेको छ ।
सबै मतदान केन्द्रको मतपेटिका आइसकेपछि मतगणना आजैदेखि गरिनेछ । सङ्खुवासभामा ५६ प्रतिशत अर्थात् ६५ हजार आठ सय ९२ मत खसेको थियो । सङ्खुवासभामा एक लाख १७ हजार पाँच सय ५४ मतदाता रहेका छन् ।

कालोपत्र गरिएको सडक महिना दिन नपुग्दै भत्किएपछि...

यस वर्षको 'तरहरा कोरा' भोलि हुँदै

बिपी प्रतिष्ठानमा बिमा सेवाले निरन्तर पाउने : मुख्यमन्त्री कार्की

एक वर्षमा ५३४ फरार प्रतिवादी पक्राउ
सिँचाइमा क्षति पुग्दा बाँझिए खेतबारी

सडक किनारैभरि ‘असारे फूल’ फुल्दा उर्लाबारीको रूप फेरियो

आठ वर्षमा साठी किलोमिटर सडक कालोपत्र

प्रतिक्रिया