रूपन्देही ४ मा लोसपाका सर्वेन्द्रनाथ शुक्लाको अग्रता

बुटवल- रूपन्देही क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार सर्वेन्द्रनाथ शुक्लाले सुरुवाती अग्रता लिएका छन् । दुई हजार २४८ मत गणना हुँदा शुक्लाले ९९५ मत प्राप्त गरेर अग्रता हासिल गरेका छन् ।
शुक्लालाई कांग्रेसका प्रमोद यादवले पछ्याएका छन् । यादवले सात सय २३ मत प्राप्त गर्दा सिके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय सचिव रहेका भोपेन्द्र यादवले चार सय ९३ र जसपाका ओमप्रकाश यादव गुल्जारीले ३१ मत पाएका छन् ।
मुख्य निर्वाचन अधिकृत देवेन्द्रराज आचार्यका अनुसार यो क्षेत्रमा एक लाख १० हजार ६ सय ५९ मतदाता रहेकामा ७० प्रतिशत मत खसेको छ । ०७४ को निर्वाचनमा कांग्रेसका प्रमोद यादव विजयी भएका थिए ।

भूमिहीन भएको चार दशकपछि जग्गाधनी

हुलाकी सडकले सुगम बन्यो नरैनापुर

रुरु क्षेत्रमा शालिग्राम महोत्सव

बसको ठक्करबाट एकको मृत्यु, एक गम्भीर घाइते
_wNt8QwbdyM_r9errxwu0qfivzkvdybqzpecg6ryzvwyeqscx8kkacce0fgbx5nxasaouvkf_QvTn8g0Agv_ybnxdo48bpzqkk2n9zdfhjkvr2ic5s4wtkdrcsdnzdvd0dztrqwpgnqk1kjs.jpg)
बर्सिम घाँसको बीउबाट दुई लाख आम्दानी
_XoYsBJGQV0_6s1crtzhlwd2lkygzthkbxvdocbu2yktm4x1nmhg3rbtd6vzwmzaztnra1sv_WBbq55ZWIS_zhppa0ib3tatlpnof9rrrvvkcwy1mketph8n6yvpnnp0micvbag8hpzacjkp.jpg)
रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप

हाइटेन्सन लाइनको पोलमा ठोक्किएर एकको मृत्यु

प्रतिक्रिया