२०२४ को टी-ट्वान्टी विश्वकप फरक फर्म्याटमा हुने
काठमाडौँ- सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने आईसीसी टी-ट्वान्टी क्रिकेट विश्वकप फरक फर्म्याटमा आयोजना हुने भएको छ ।
आईसीसीले २०२४ को विश्वकप यसै वर्ष अस्ट्रेलियामा आयोजना भएको भन्दा फरक फर्म्याटमा आयोजना हुने जनाएको हो ।
आईसीसीले जनाए अनुसार प्रतियोगितामा सहभागी २० टिमलाई ५-५ टिम गरी विभिन्न चार समूहमा विभाजन गरिनेछ । त्यसपछि चारवटै समूहका शीर्ष दुई टिम सुपर ८ चरणमा प्रवेश गर्नेछ ।
सुपर ८ मा प्रवेश गरेका टिमलाई ४-४ टिम गरी पुनः दुई समूहमा विभाजन गरिनेछ । त्यसपछि समूह विजेता र उपविजेता टोलीहरु सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
विश्वकप खेल्ने २० टिममध्ये १२ टिमको टुंगो लागिसकेको छ । वेस्ट इन्डिज र अमेरिका आयोजकको नाताले विश्वकपमा स्थान बनाइसक्दा अस्ट्रेलिया, इंग्ल्यान्ड, भारत, नेदरल्यान्ड्स, न्यूजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलंका भने यसै वर्षको विश्वकपको प्रदर्शन अनुसार विश्वकपमा छनोट भइसकेका छन् ।
यता आईसीसीको वरीयता अनुसार अफगानिस्तान र बंगलादेश पनि विश्वकपमा छनोट भएका छन् ।
बाँकी ८ टिम क्षेत्रीय छनोटबाट आउने आईसीसीले जनाएको छ ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया