अछाम- १ को मतगणना दिउँसो ३ बजेपछि

काठमाडौं - अछाम-१ को मतगणना दिउँसो ३ बजेपछि मात्र हुने भएको छ । भर्खरै सकिएको सर्वदलीय बैठकबाट दिउँसो ३ बजेपछि मात्र मतगणना सुरु गर्ने सहमति भएको स्थानीय विनोद धामीले जानकारी दिए ।
क्षेत्र नम्बर-२ को मतगणनाबारे आधिकारिक जानकारी बाहिर नआएको पनि उनले बताए । अछामका सबै मतदान केन्द्रबाट मतपेटिका संकलन गरी जिल्ला सदरमुकाम मंगलसेन पुर्याइएको छ । अछाममा दुईवटा निर्वाचन क्षेत्र छन् ।
अछाम - १ बाट एकीकृत समाजवादीका नेता एवं श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र नेकपा एमालेबाट झपट बोहराबीच तीव्र प्रतिष्पर्धा छ । यस्तै क्षेत्र नम्बर २ बाट एमाले नेता यज्ञ बोगटी र नेपाली कांग्रेसका पुष्पबहादुर शाहबीच चर्को प्रतिष्पर्धा हुने ठानिएको छ ।

सामुदायिक विद्यालयको नतिजा खस्किनुको कारण खोज्नुपर्छ : लिङ्देन

गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिका नेता: राष्ट्रपति पौडेल

कम्युनिष्टमा बढेको अन्तरविरोध कम गर्न आन्दोलनलाई एकताबद्ध गर्नुपर्छ’

योग्यताका आधारमा प्रतिस्पर्धाबाट शिक्षक छनोट गर्न माग

भ्रष्टाचार गरेको प्रमाण दिए जस्तोसुकै बलिदान दिन तयार छुः अध्यक्ष नेपाल

राष्ट्रियसभाको बैठक बस्दै, के छ सम्भावित कार्यसूची ?

प्रधानमन्त्री ओली स्वदेश फर्कँदै

प्रतिक्रिया