भारतद्वारा न्युजिल्याण्ड ६५ रनले पराजित

काठमाडौं- घरेलु टोली न्युजिल्यान्डलाई भारतले पहिलो टी २० खेलमा ६५ रनले पराजित गरेको छ । जितसँगै भारतले तीन खेलको शृंखलामा १ ० को अग्रता बनाएको छ । एक सय ९२ रनको लक्ष्य पाएर प्रत्युत्तरमा ब्याटिङ गर्न आएको न्युजिल्यान्ड १८.५ ओभरमा सवै विकेट गमाउँदै एक सय २६ रनमा समेटियो ।
न्युजिल्यान्डका कप्तान केन विलियम्सनले सर्वाधिक ६१ रन बनाए । डेभोन कोन्वेले २५, ग्लेन फिलिप्सले १२ तथा ड्रयाल मिचेलले १० रन जोडेका थिए । भारतका दीपक होडाले सर्वाधिक ४ विकेट लिए । मोहमद सिराज र युजभेन्द्र चाहलले समान दुई विकेट लिएका थिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ९१ रन बनाएको थियो । भारतका लागि सूर्यकुमार यादवले अविजित एक सय ११ रनको शतकीय इनिङ्स खेले । यसैगरी इशान किशनले ३६ रन जोडे । न्युजिल्यान्डका टिम साउथीले सर्वाधिक तीन विकेट लिएका थिए ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया