मृल्यवृद्धिको अनुगमन गर्न मध्यरातमा थानकोट पुग्यो वाणिज्यको टोली

काठमाडौं : वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमन टोली बिहीबार मध्यरातमा काठमाडौं भित्रिने प्रमुख नाका थानकोटमै पुगेर अनुगमन गरेको छ । अस्वाभाविक रुपमा हरियो तरकारी र कुखुराको मासुको भाउ बढिरहेको गुनासो आएपछि टोली त्यहाँ पुगेको हो ।
स्थानीय प्रशासनको सहयोगमा उपभोक्ता अधिकारकर्मीहरूको सहभागितामा थानकोट पुगेको विभागले जानकारी दिएको छ । स्रोत मै अनुगमन गर्ने नीति अनुरुप त्यहाँ पुगेको विभागका प्रवक्ता शिवराज सेढाइले जानकारी दिए । उपत्यका प्रवेश गर्ने कखुरा र तरकारी बोकेको मालवाहक सवारी साधनको अनुगमन गरेको थियो । थोक व्यवसायीबाट उनीहरूले श्रृंखलाबद्ध कारोबारको विवरण समेत लिएका थिए ।
विभागले व्यवसायीलाई तीन दिनभित्र व्यवसाय दर्ता, नविकरण तथा खरिद बिक्री कागजात पेश गर्न निर्देशन समेत दिएको छ । टोलीले अनुगमनका क्रममा उत्पादक र उपभोक्ता मूल्यबीच ठूलो अन्तर रहेको फेला पारेका छन् । त्यसबाहेक उत्पादकदेखि उपभोक्तासम्म अस्वाभाविक तह भएकोसमेत उल्लेख छ ।

भरतपुरमा नयाँ क्रेटा इभी सार्वजनिक

सुनको मूल्य घट्यो

गाजा दहमा थपिए पर्यटकीय पूर्वाधार

विदेशबाट फर्किएर च्याउखेतीमा रमाउँदै अजित भुजेल

पर्यटकका रोजाइमा भोजपुरको डाग्बुङ पदमार्ग

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

मर्मतपछि कुलेखानी तेस्रोद्वारा विद्युत उत्पादन सुरु

प्रतिक्रिया