मंगलबार ३१ असार, २०८२
Tuesday, July 15, 2025

पश्चिम नवलपरासीमा ७२ प्रतिशत मत खस्याे

बुटवल- पश्चिम नवलपरासीमा कूल ७२ प्रतिशत मत खसेको छ । जिल्लामा बिहान ७ बजेबाट २८७ मतदान केन्द्रबाट सुरु भएको मतदानमा ७२ प्रतिशत मत खसेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले जानकारी दिए ।

जिल्लामा कूल २ लाख ४० हजार ९३० मतदाता रहेकोमा १ लाख ७३ हजार ४६९ जना मतदाताले मतदान गरेका छन् ।

जिल्लामा विना कुनै अवरोध, सौहार्द र सजह वातावरणमा मतदान कार्य सकिएको छ । अहिले मतगणना स्थलमा मतपेटिकाहरू आउने क्रम जारी रहेको छ ।

मतपेटिकाहरू सुरक्षित रूपमा मतगणना स्थलमा आइपुगेपछि सर्वदलीय बैठक गरी प्रकृया पुर्‍याएर मतगणना कार्य प्रारम्भ गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जिल्लामा कूल १२० मतदानस्थल र २८७ मतदान केन्द्र थियो । निर्वाचन क्षेत्र १ को मतगणना बर्दघाट नगरपालिका र निर्वाचन क्षेत्र २ को मतगणना रामग्राम नगरपालिका कार्यालयमा गरिने जनाइएको छ ।