मंगलबार ३१ असार, २०८२
Tuesday, July 15, 2025

रूपन्देहीमा ६५ प्रतिशत मत खस्यो, आजै राति १० बजेबाट गणना गरिने

बुटवल- रूपन्देहीमा ६६ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रारम्भिक तथ्याङ्कअनुसार सो विवरण आएको हो ।

जिल्ला निर्वाचन कार्यालय रूपन्देहीका प्रमुख अयोध्या भण्डारीले ६६ प्रतिशत मत खसेको र केही समयपछि पूर्ण विवरण आइसक्ने बताए । उनका अनुसार आजै १० बजेबाट मतगणना हुनेछ ।

रूपन्देहीका ५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालयमै मतगणनाको व्यवस्था मिलाइएको छ । शान्तिपूर्ण रूपमा रूपन्देहीमा मतदान भएको छ । रूपन्देहीमा ६ लाख ३८ हजार ९५२ मतदाता छन् ।