रूपन्देहीमा ४ बजेसम्म ५७ प्रतिशत मत खस्याे

बुटवल- रूपन्देहीमा ४ बजेसम्म ५७ प्रतिशत मत खसेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चयनका लागि बिहान ७ बजेबाट मतदान भैइरहेको छ ।
रूपन्देहीमा ६ लाख ३८ हजार ९५२ जना मतदाता छन् ।
स्थानीय तहमा भन्दा अहिले मतदाताको सहभागिता र उत्साह केही कम देखिएको निर्वाचन कार्यालय रूपन्देहीका प्रमुख अयोध्या भण्डारीले जानकारी दिए ।
कार्यालयका अनुसार रूपन्देहीमा २८ राजनीतिक दल चुनावी प्रतिस्पर्धामा छन् । पाँच निर्वाचन क्षेत्र रहेको रूपन्देहीमा २०३ जनाले उम्मेदवारी दिएका छन् ।
जिल्लाका अधिकांश मतदान केन्द्रमा शान्तिपूर्ण र उत्साहजनक रूपमा मतदान सम्पन्न भएको जिल्ला निर्वाचन अधिकारी भण्डारीले जानकारी दिए । साँझ ५ बजेसम्म मतदान स्थलमा प्रवेश गरेकाले मतदान गर्न पाउनेछन् ।
रूपन्देहीमा २०८ मतदान स्थलमा ७०२ मतदान केन्द्र छन् । पाँचवटा अस्थायी मतदाताका लागि स्थल थपिएको छ । मतगणनाका लागि निर्वाचन आयोगले मतगणना स्थलमा आवश्यकताअनुसार व्यवस्थापन गरिसकेको र राति १० बजेदेखि मतगणना सुरु गर्ने तयारी छ ।

भूमिहीन भएको चार दशकपछि जग्गाधनी

हुलाकी सडकले सुगम बन्यो नरैनापुर

रुरु क्षेत्रमा शालिग्राम महोत्सव

बसको ठक्करबाट एकको मृत्यु, एक गम्भीर घाइते
_wNt8QwbdyM_r9errxwu0qfivzkvdybqzpecg6ryzvwyeqscx8kkacce0fgbx5nxasaouvkf_QvTn8g0Agv_ybnxdo48bpzqkk2n9zdfhjkvr2ic5s4wtkdrcsdnzdvd0dztrqwpgnqk1kjs.jpg)
बर्सिम घाँसको बीउबाट दुई लाख आम्दानी
_XoYsBJGQV0_6s1crtzhlwd2lkygzthkbxvdocbu2yktm4x1nmhg3rbtd6vzwmzaztnra1sv_WBbq55ZWIS_zhppa0ib3tatlpnof9rrrvvkcwy1mketph8n6yvpnnp0micvbag8hpzacjkp.jpg)
रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप

हाइटेन्सन लाइनको पोलमा ठोक्किएर एकको मृत्यु

प्रतिक्रिया