कोभिड–१९ : सीमा नाकाबाटै खतरा !

बुटवल : भारतमा कोभिड-१९ संक्रमण भयावह बनिरहेको छ । दैनिक संक्रमणदर र मृत्युदर पनि बढिरहेको छ । संक्रमितका लागि अक्सिजन र बेड अभाव हुन थालेको छ । महाराष्ट्र, दिल्ली जस्ता मुख्य सहरहरूमा कोभिड संक्रमण भयावह बनेको छ । यी सहरमा मात्रै होइन उत्तर प्रदेशकै कतिपय स्थानमा अहिले कोभिड संक्रमण तीब्र रूपमा फैलिरहेको छ । भारतमा संक्रमण बढिरहदा त्यहाँबाट नेपाल आउनेहरूको संख्या पनि बढेको छ ।
ईलाका प्रहरी कार्यालय बेलहियाले उपलब्ध गराएको तथ्यांकअनुसार लामो दूरीबाट दैनिक सरदर २५० देखि ३५० जनासम्म नेपाल फिर्ता भइरहेका छन् । बैशाख महिनामा मात्रै बेलहिया नाका हुँदै ३ हजार २१९ जना नेपालीहरू नेपाल प्रवेश गरेका छन् । यी भारतको लामो दूरीबाट आउने नेपालीहरूको मात्र तथ्यांक हो । यस बाहेक नेपालबाट नै विभिन्न प्रयोजनको लागि भारतको नजिकको बजारमा जानेहरूको तथ्यांक राख्ने गरिएको छैन ।
सीमा नजिकको बजारमा गई किनमेलगरी फर्किनेहरूले सहज रूपमा नेपाल प्रवेश पाउने गरेका छन् । भारतबाट आउने नेपाली तथा अन्य यात्रुलाई सहज प्रवेश दिइएपछि रुपन्देहीमा कोभिडको अवस्था झनभन्दा झन जटिल हुँदै गएको छ । भारतबाट अव्यवस्थित ढंगले नेपाल आएकाहरू सिँधै गाउँबाट पुग्ने गरेका छन् ।
कोरोनाले विकराल रूप लिइरहदा पनि नेपालका सीमा नाकाहरूमा आवश्यक संवेदनशिलता देखिएको छैन । नागरिकहरू निर्वाद ओहोर-दोहोर गरिरहेको स्थानीय व्यापारी प्रलाद गुप्ताले बताए । उनले भने, 'सरकारले नाका सिल नगर्ने हो भने अब यता पनि स्थित भयावह बन्छ ।' उनले नेपाली र भारतीयहरू आउने जाने कुरा समान्य जस्तै देखिएको बताए । केही मुम्बइबाट आएकाहरूले समेत सीमा बजारमा भर्खरै गएर आएको भनेर जाँच नगरी फर्किने गरेको गुप्ताको भनाइ छ ।
यता रुपन्देही प्रशासनले भने सीमामा सर्तकता अपनाएको दाबी गरको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तमाङकाअनुसार अहिले सीमामै अस्थायी होल्डिङ्ग सेन्टर बनाइएको छ भने यस अघि अध्यागमन कार्यालय रहेको भवनलाई जाँच केन्द्र बनाइएको जनाएको छ । टाढाबाट आउने नेपालीहरूलाई होल्डिङ्ग सेन्टरमा राखी तापमान लिएर शंकास्पद देखिए एन्टिजेन परीक्षण गर्ने गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी तमाङले सिमानामा हुने लाहरबाही रोक्न प्रयासरत रहेको बताए । उनले किनमेलका लागि पनि भारतीय बजार नजान आफूहरूले अपिल गरेको जानकारी दिए । सरकारले सिमाना सिल नगरेका कारण जाँच गरेर आउने जाने काम भएको उनको भनाइ छ ।
अहिलेसम्म शंकास्पद ११६ जनाको एन्टिजेन परीक्षणबाट ८ जनामा संक्रमण पुष्टि भइसकेको छ । खतरा सीमा पारीबाट आउनेबाट मात्र होइन सीमाभित्र पनि मानिसको आवात-जावत अनियन्त्रित हुँदा रुपन्देहीमा संक्रमण फैलिदै गएको छ । स्वास्थ्य कार्यालय भैरहवाका प्रमुख डाक्टर राजेन्द्र गिरीले रुपन्देहीका सक्रिय संक्रमितको संख्या बिगत एक सातादेखि बढ्दै गएको बताए । उनले भने, 'सीमामा मात्रै कडाइ गरेर पुग्दैन, मानिसको आवत-जावत अनियन्त्रित भैरहेको छ, यसलाई तत्काल नियन्त्रण गर्नुपर्छ ।'

हुलाकी सडकले सुगम बन्यो नरैनापुर

रुरु क्षेत्रमा शालिग्राम महोत्सव

बसको ठक्करबाट एकको मृत्यु, एक गम्भीर घाइते
_wNt8QwbdyM_r9errxwu0qfivzkvdybqzpecg6ryzvwyeqscx8kkacce0fgbx5nxasaouvkf_V9UglwJnQp_41fkmlxe4qkiciwqnb874ngxqiaqdcd4dfxpltzush78madf6auavgml5r0f.jpg)
बर्सिम घाँसको बीउबाट दुई लाख आम्दानी
_XoYsBJGQV0_6s1crtzhlwd2lkygzthkbxvdocbu2yktm4x1nmhg3rbtd6vzwmzaztnra1sv_V57f4gmxUj_968bhywvlsiwwfzv1bqpnd1sf5ysom6y8lxse6uovpb4alm8tlyhvegbz2an.jpg)
रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप

हाइटेन्सन लाइनको पोलमा ठोक्किएर एकको मृत्यु

समूहबाट आर्थिक समृद्धि खोज्दै दाङका महिला

प्रतिक्रिया