अस्ट्रेलियाले जित्यो इंग्ल्यान्डविरुद्धको सिरिज
काठमाडौँ- घरेलु टोली अस्ट्रेलियाले इंग्ल्यान्डविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज एक खेल अगावै जितेको छ । सिड्नीमा शनिबार भएको दोस्रो खेल अस्ट्रेलियाले ७२ रनले जित्दै सिरिजमाथि कब्जा जमाएको हो । यसअघि पहिलो खेल अस्ट्रेलियाले ६ विकेटले जितेको थियो ।
दोस्रो खेलमा अस्ट्रेलियाले दिएको २ सय ८१ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड ३८ ओभर ५ बलमा अलआउट हुँदै २ सय ८ रनमा समेटियो । अस्ट्रेलियाका लागि साम बिलिङ्सले सर्वाधिक ७१ तथा जेम्स भिन्सले ६० रन जोडे ।
अस्ट्रेलियाका मिचेल स्टार्क र एडम जाम्पाले समान ४-४ विकेट लिए । जोश ह्याजउडले २ विकेट हात पारे ।
यसअघि टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ८० रन जोड्यो । अस्ट्रेलियाका लागि स्टेभेन स्मिथले ९४, मार्नस लाबुचानले ५८ तथा मिचेल मार्सले ५० रनको योगदान गरे ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया