खाना पकाउने ग्यासको सिलिण्डर भरेर राख्न आग्रह

काठमाडौँ : नेपाल एलपी ग्यास उद्योग संघले बिक्रेता र उपभोक्ताहरूलाई खाना पकाउने ग्यास सिलिण्डर भरेर राख्न आग्रह गरेको छ । भारतमा कोभिड–१९ संक्रमण तीव्र भएकाले आपूर्ति प्रभावित हुनसक्ने भन्दै ग्यास उद्योग संघले खाली सिलिण्डर भरेर राख्दा एकपटक ठूलो माग सिर्जना नहुने भएकाले आपूर्ति सहज गर्न सकिने उल्लेख गरेको छ ।
नेपाल आयल निगमले बुधबार एलपी ग्यास उद्योग संघलाई पत्राचार गरी भारतमा स्थिति जटिल बन्दै गएको सन्दर्भमा आपूर्ति प्रभावित हुन नदिन भण्डारण बढाउन आग्रह गरेको थियो । एलपी ग्यास उद्योग संघले विगतका अनुभवमा घरमा भएका सिलिण्डर पनि अभाव हुने हल्लाले एकैपटक निकाल्ने उपभोक्ताको मनोभावनाका कारण आपूर्ति असहज हुने र अत्यावश्यक हुनेले समेत समयमा नपाउने अवस्था सिर्जना भएको परिप्रेक्ष्यमा आफूसँग भएका खाली सिलिण्डर भरेर भण्डारण गर्न उपभोक्ता र बिक्रेतालाई आग्रह गरेको छ ।

भरतपुरमा नयाँ क्रेटा इभी सार्वजनिक

सुनको मूल्य घट्यो

गाजा दहमा थपिए पर्यटकीय पूर्वाधार

विदेशबाट फर्किएर च्याउखेतीमा रमाउँदै अजित भुजेल

पर्यटकका रोजाइमा भोजपुरको डाग्बुङ पदमार्ग

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

मर्मतपछि कुलेखानी तेस्रोद्वारा विद्युत उत्पादन सुरु

प्रतिक्रिया