हेटौंडामा जोर–बिजोर प्रणाली

हेटौंडा : बागमती प्रदेशको राजधानी हेटौंडामा आइतबारबाट निजी सवारी सधानमा जोर बिजोर प्रणाली लागू हुने भएको छ । हेटौंडामा संचालन हुने कार, मोटरसाइकल, टेम्पो, म्याजिक, अटो, मयुरी लगायत सबै निजी सवारीमा जोर बिजोर प्रणाली लागू हुने मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले जानकारी दिए ।
हेटौंडा बजार क्षेत्रमा मानिसहरुको भिडभाड बढेको भन्दै थप संक्रमण निम्त्याउन सक्ने भएकाले जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरिएको उनले बताए । यस्तै सार्वजनिक स्थलमा मास्क नलगाउनेलाई संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गरिने भएको छ ।
कोभिड–१९ सम्बन्धी जनस्वास्थ्यको मापदण्ड पालना भए नभएको अनुगमन गर्न सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि शर्माको संयोजकत्वमा शुक्रबार ७ सदस्यीय समिति गठन गरिएको छ ।

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

माछा मार्न गएका युवकलाई गोहीले लियो ज्यान

प्रतिक्रिया