धनगढीमा स्मार्ट स्ट्रीट लाइटको काम सुरु

कैलाली- स्थानीय तह निर्वाचनका बेला धनगढी उपमहानगरपालिका प्रमुखको स्वतन्त्र उम्मेदवार गोपाल हमालले धनगढीलाई स्मार्ट सिटी बनाउने आफ्नो प्रमुख लक्ष्य रहेको बताएका थिए । उनको त्यही कुरालाई मतदाताले पत्याए र हमाल मेयरमा समेत निर्वाचित भए ।
मेयरमा निर्वाचित हमालले आफूले गरेको बाचा अनुरूप कार्यहरू गर्दै गइरहेकाे स्थानीयले बताएका छन् । त्यही बाचा अनुरूप कैलालीपुलदेखि हुलाकी मार्गको शून्यबिन्दु क्याम्पस रोडसम्मको सडक चौडा पार्ने कार्य थालिसकेका मेयरले आज मोहनापुल-अत्तरिया छ लेन सडकको धनगढी चौराहादेखि एयरपोर्ट मोडसम्म स्मार्ट स्ट्रीट लाइट जडानको शुभारम्भ गरेका छन् ।
धनगढी उपमहानगरपालिका (६०%) र नेपाल विद्युत् प्राधिकरणको ऊर्जा दक्षता तथा चुहावट नियन्त्रण विभाग राष्ट्रिय सडक बत्ती प्रवर्द्धन आयोजनाको (४०%) संयुक्त लागतमा स्मार्ट स्ट्रीट लाइटको काम सुरु गरिएको मेयर हमाल बताए । उनले धनगढीलाई स्मार्ट सिटी बनाउने आफ्नो पहिलो लक्ष्य रहेको बताउँदै पछिल्लो समय उक्त सडक खण्डमा दुर्घटनाहरू बढिरहेका कारण लाइट जडानपछि सडकको सौन्दर्यता बढ्नुका साथै दुर्घटनामा कमी आउने विश्वास लिएका छन् ।
करिब ६ किलोमिटर सडक खण्डको बीचमा २१३ ओटा स्मार्ट स्ट्रीट लाइटको पोल रहने बताउँदै निर्माण कम्पनी सूर्योदय ऊर्जाका सिभिल इन्जिनियर रबिनकुमार महतोले २१३ पोलमा ४३४ ओटा बत्तिहरू रहने जानकारी दिए । उनले केही पुरानै पोलमा समेत बत्ति जडान गर्ने बताए ।

कैलालीमा नक्षत्र वाटिका

भीरबाट लडेर महिलाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_tKZ06xU1b4_8ggal0x6qnqvdtom9gyhfdbddnkdi2snnede5m34nzjebsddpoj2o3slxdry.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

प्रतिक्रिया