निर्वाचन लक्षित नेपाली सेनाद्वारा सुरक्षाको तयारी

कैलाली- आसन्न मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गर्दै नेपाली सेनाले समेत सुरक्षाको तयारी गरेको छ । निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि नेपाली सेना तयारी अवस्थामा रहेको सुदूरपश्चिम पृतना हेडक्वार्टरले जानकारी दिएको छ ।
सेनाको सुदूरपश्चिम पृतनाले आज कैलालीको तेघरीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पृतनापती उपरथी बिजय थापाले सुदूरपश्चिममा निर्वाचनको बेला हुनसक्ने अवाञ्छित गतिविधिलाई निस्तेज पार्ने गरी मतदातालाई शान्तिपूर्ण र भयरहित वातावरणमा मतदान गर्नका लागि सेनाले गर्नुपर्ने सम्पूर्ण तयारी गरिसकेको बताए ।
सरकारले निर्देशन गरेअनुरूप प्रत्येक निर्वाचन स्थलमा कम्तीमा पनि ३० मिनेटभित्र पुग्ने गरी प्रदेशका नौवटै जिल्ला कम्तीमा पनि ३० ओटा कम्पनी, प्लटुङ र सेक्सन अपरेटिङ बेश स्थापना गरिसकेको बताउँदै उपरथी थापाले आवश्यकताअनुसार हवाई गस्तीका लागि समेत हेलिकप्टर तयारी अवस्थामा राखिएको बताए ।
यसैगरी सेनाले संवेदनशील स्थानहरूमा सुरक्षा दिइरहेको बताउँदै पृतनपती उपरथी थापले विभिन्न स्थानमा नियमित गस्ती समेत गरिरहेको जिकिर गरे ।

कैलालीमा नक्षत्र वाटिका

भीरबाट लडेर महिलाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_tKZ06xU1b4_8ggal0x6qnqvdtom9gyhfdbddnkdi2snnede5m34nzjebsddpoj2o3slxdry.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

प्रतिक्रिया