सञ्चारमाध्यमबाट 'भिक्टिमाइज्ड' भएको ठान्छन् डा. श्रेष्ठ

काठमाडौँ : फागुन २५ मा मन्त्रिपरिषद् बैठकले डेपुटी गभर्नरहरूको नियुक्ति गरेपछि प्रतिस्पर्धामै रहेका डा. प्रकाश कुमार श्रेष्ठले ठूलो राहत महसुस गरे । उनको नियुक्ति भएको थिएन, तर पनि उनले फेसबुकमा ‘रिलिफ भयो’ भनेर सोही साँझ स्ट्याटस लेखेपछि त्यसले चर्चा बटुल्यो । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरका लागि उनी योग्य उम्मेदवार हुँदाहुँदै पनि आफू सञ्चार माध्यम पीडित भएको उनको गुनासो छ । सञ्चार माध्यममा उनको क्षमताको चर्चा नै भएन, बरु पहिले नै उनी अर्थमन्त्री विष्णु पौडेलका सल्लाहकार भइसकेकाले ‘नियुक्ति निश्चित छ’ भन्नेजस्ता अनुमानमा आधारित समाचारहरू आए ।
अर्थमन्त्री बनेपछि कात्तिक पहिलो साता अर्थमन्त्री पौडेलले उनलाई राष्ट्र बैंकबाट अर्थ मन्त्रालयमा ताने । उनी काजमा अर्थ मन्त्रालयमा काम गरिरहेका थिए । यही बीचमा फागुन १८ देखि नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर पद खाली हुँदै थियो । अर्थमन्त्रीले सल्लाहकार बनाएर लगेको व्यक्तिलाई गभर्नरले सीधा डेपुटी गभर्नरका लागि सिफारिश गर्नेछन्, अर्थमन्त्रीले पनि मन्त्रिपरिषद् बैठकमा उक्त प्रस्तावमा निर्णय गराइहाल्छन् भन्ने नुमान थियो ।
सञ्चार माध्यममा व्याप्त अनुमानले काम गरेन । डेपुटी गभर्नर नियुक्त भएका डा. नीलम ढुङ्गाना र बमबहादुर मिश्रसँगै गभर्नरले अनुसन्धान विभागका तत्कालीन कार्यकारी निर्देशक डा. गुणाकर भट्ट र डा. श्रेष्ठलाई डेपुटी गभर्नरका लागि सिफारिश गरेर अर्थ मन्त्रालयमा पठाएका थिए । सोही प्रस्ताव अर्थमन्त्रीले मन्त्रिपरिषद् बैठकमा लगेका थिए । त्यसअघि प्रधानमन्त्री र अर्थमन्त्रीबीच सामान्य छलफल भएको थियो । ‘तपाईंका सल्लाहकार पनि सिफारिशमा हुनुहुँदो रहेछ, उहाँ काबिल भए पनि आफ्नै सल्लाहकारलाई डेपुटी गभर्नर नियुक्त गरेको सन्देश जान्छ । तेश्रो व्यक्ति हेरौं,’ प्रधानमन्त्रीले भनेपछि अर्थमन्त्रीले त्यसमा नाइँनास्ती गर्ने कुरा भएन ।
तर श्रेष्ठ भने आफ्नो योग्यताका बारेमा सञ्चारमाध्यमले चर्चा नै नगरेको बताउँछन् । सल्लाहकार भएर उनी कुनै राजनीतिक नियुक्तिभन्दा पनि काजमा अर्थ मन्त्रालयमा काम गरिरहेका थिए । राष्ट्र बैंकको निर्देशक छँदै उनले डेढ वर्ष लुम्बिनी प्रदेशको योजना आयोगको उपाध्यक्षका रूपमा काम गरेका थिए । २०७६ जेठमा कार्यकारी निर्देशकमा बढुवा भएपछि उनी पुनः नेपाल राष्ट्र बैंकमै फर्केर काम गरिरहेका थिए । यसैबीच २०७७ को असोज अन्तिमतिर पौडेल अर्थमन्त्री बनेपछि उनले श्रेष्ठलाई अर्थ मन्त्रालयमा ल्याएका थिए ।
त्यसो त श्रेष्ठ आफैंमा योग्य व्यक्ति थिए । मन्त्रिपरिषदको निर्णय जेसुकै भए पनि सञ्चार माध्यमले अर्थमन्त्रीको सल्लाहकारभन्दा पनि डेपुटी गभर्नरको प्रतिस्पर्धीका रूपमा उनको योग्यता र क्षमताको चर्चा नै नगरी एकोहोरो अर्थमन्त्रीका सल्लाहकार भएकाले उनको नियुक्ति हुने निश्चित भएकोजस्ता खबर दिएकोमा आफूले पीडित (भिक्टिमाइज्ड) महसुस गरेको उनले सुनाए । ‘डेपुटी गभर्नर नै नियुक्त भएको भए पनि अर्थमन्त्रीका सल्लाहकार थिए, नियुक्त हुनु सामान्य हो भन्ने हिसाबले सञ्चारमाध्यमले विश्लेषण गर्ने थिए । सार्वजनिक दृष्टिकोण नै त्यही रूपमा निर्माण भएको थियो,’ उनले भने, ‘त्यसले गर्दा नियुक्ति नभएकोमा मलाई राहत महसुस भएको छ ।’
शैक्षिक योग्यता र कार्य सम्पादनका हिसाबले पनि श्रेष्ठ राष्ट्र बैंकभित्र अब्बल मानिन्छन् । त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका श्रेष्ठले अष्ट्रेलियाको कर्टीन विश्वविद्यालयबाट अर्थशास्त्र र फाइनान्समा स्नातकाेत्तर र द न्यू स्कुल न्यूयोर्कबाट अर्थशास्त्रमा पीएचडी गरेका छन् । मध्यमवर्गीय परिवारमा जन्मेका उनी आफ्नै मेहनत र संघर्षले यहाँसम्म आइपुगेको बताउँछन् । उनी सन् १९९७ देखि नेपाल राष्ट्र बैंकमा कार्यरत छन् । त्यसअघि केही समय उनले नेपाल दूरसञ्चार संस्थानमा काम गरेका थिए । हालै उनी राष्ट्र बैंकमा अनुसन्धान विभागको प्रमुखमा पदस्थापन भएका छन् । अहिले दैनिक आधा समय अर्थ मन्त्रालय र आधा समय राष्ट्र बैंक गरेर काम गरिरहेका छन् ।

माछापुच्छ्रे बैंक र सि.बि.एल.मनी ट्रान्सफरबीच रेमिट्यान्स सेवा सम्झौता

प्राइम कमर्सियल बैंक एनपीएस-नेशनल कार्ड स्वीच तथा नेपाल पे कार्डमा आवद्ध
_FvATixvdZW_e3dio6lwcxe6ryp9ahcgzovxtuw0e20rhdu2dddy6r9tpr6xa2fueo9zenmv_KtjfLVo8gs_13ixflwm6w5gllpbowjxys5gvjwdhjufeh9xmdrg59j4svsr3uhwlo9hh5xp.png)
कुमारी बैंकले ल्यायो 'टपअप र फोनपे डाइरेट गरौँ, बम्पर उपहार जितौँ' योजना

सबैभन्दा बढी कर तिर्ने नबिल बैंकलाई सम्मान

एनएमबि बैंकको सेयर बिक्रीमा
ग्लोबल आइएमई बैंकद्वारा २०८२ सालको क्यालेन्डर सार्वजनिक

नेपालमा दिगो वित्तीय समाधान प्रवर्द्धन गर्न एनएमबि बैंक, आइएफसी र इयूको साझेद…

प्रतिक्रिया