शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

थप ५ जनामा कोभिड संक्रमण

काठमाडौँ- नेपालमा थप ५ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

देशभर गरिएको ७ सय ७ पिसिआर परीक्षणका क्रममा ४ जना र ५ सय ४५ एन्टीजेन परीक्षणका क्रममा १ जनामा कोभिड संक्रमण पुष्टि भएको हो । कोभिडका कारण बिहीबार पनि कसैको मृत्यु भएको छैन ।

त्यस्तै थप २६ संक्रमित निको भएका छन् भने हाल नेपालमा ४ सय ५३ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।