गृहमन्त्री खाणविरुद्ध रूपन्देही निर्वाचन अधिकृतको कार्यालयमा उजुरी

भैरहवा- गृहमन्त्री बालकृष्ण खाणविरुद्ध रूपन्देहीको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ ।
रूपन्देही-३ प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका खाणविरुद्ध अधिवक्ता तारा बरालले बहुविवाहमा संलग्न रहेको भन्दै उजुरी दर्ता गराएकी हुन् । उम्मेदवारीविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालय, रूपन्देही प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ मा उजुरी परेको हो । खाण पाँच दलीय गठबन्धनबाट उम्मेदवार छन् ।
यसअघि निर्वाचन आयोगमा दर्ता गर्न खाेज्दा सम्बन्धित क्षेत्रमा उजुरी दर्ता गर्न भनेपछि रूपन्देहीमा आएर दर्ता गरेकाे अधिवक्ता बरालले बताइन् । उनले भनिन्, ‘खाण बहुविवाहमा संलग्न रहेकाे प्रमाण पाइएकाले उजुरी दर्ता गरेको हो । उहाँले गृहमन्त्री चलाउँदै गर्दा बहुविवाह गर्ने हजारौं जेलमा सडाउने काम गर्नुभएको छ । देशकै गृहमन्त्रीले रूपन्देहीमा दिलमाया खाण, काठमाडौंमा मञ्जु खाण नाम दर्ता भएकाले उक्त कुराको पुष्टि हुन्छ ।’
खाणले रूपन्देही–३ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारी मनोनयनका क्रममा रूपन्देही–३ को मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पेस गरेको विवरणमा दिलमाया खाण श्रीमती भएको उल्लेख गरेका छन् भने त्यसबाहेक अरू निकायमा पेस गरेका कागजातमा भने उनले श्रीमतीका रूपमा मञ्जु खाणको नाम लेखेका बरालको दाबी छ ।

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व संकलन
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_mJETgvyygj_ajt0l1bzvgcr5mhqc7hshwiedsp7paejihnlrx1ak375blishhvm8dhjdyb5.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

जैविक विविधताकाले महत्त्वपूर्ण कान्ति ताल ‘बर्च वाचिङ’का रूपमा विकास गर्न सकिने

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो

जगदम्बा स्टिलमा विस्फोट हुँदा एक घाइते

प्रतिक्रिया