स्मार्ट चोइस टेक्नोलोजिजको ओम्नी च्यानल सोलुशन- 'फास्ट बैंकिङ्ग' सार्वजनिक

काठमाडौँ - नेपाली बैंकिङ्ग जगतमा मोबाइल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्गमा खड्किएका समस्याहरूलाई समाधान गर्ने उद्देश्यका साथ विगत पाँच वर्षदेखि अध्ययन तथा अनुसन्धान गरि निर्माण गरिएको ओम्नी च्यानल सोलुशन फास्ट बैंकिङ्ग सार्वजनिक गरिएको छ । बुधबार होटेल र्याडिसनमा आयोजित फास्ट बैंकिङ्ग लन्च समारोहमा उक्त सेवा सार्वजनिक गरिएको हो ।
राष्ट्र बैंकका पदाधिकारीहरू, बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा डिजिटल बैंकिङ्ग र आइटी क्षेत्रसँग सम्बन्धित कर्मचारीहरू, भुक्तानी तथा फिनटेक जगतका प्रतिनिधिहरू तथा मिडिया कर्मीहरूको उल्लेख्य सहभागिता रहेको उक्त समारोह नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष तथा कृषि विकाश बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले एप अनावरण गरी शुरूवात गरेका थिए ।
स्मार्ट चोइस टेक्नोलोजिज को संक्षिप्त विवरणसँगै फास्ट बैंकिङ्गको बारेमा विस्तृत जानकारी दिँदै कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकास भुजुले बैंक तथा बित्तीय संस्थाले फास्ट बैंकिङ्गको सेवा लिई डिजिटल बैंकिङ्ग एक्पिरियन्सलाइ थप सुध्रिण गर्दै नयाँ आयाम दिन सक्ने बताए।
हाल बैंक तथा वित्तीय संस्थाहरूमा प्रयोग भएको मोबाइल बैंकिङ्ग सेवा विशेष गरि भुक्तानी तथा फन्ड ट्रान्सफर मा मात्र केन्द्रित रहेकाले बैंकिङ्ग सुविधा लिन अझैपनी बैंककै शाखामा नै धाउनु पर्ने बाध्यता रहेको परिस्थिति औल्याउदै सो सोलुशनमा थप सुविधाहरूका साथ ओपन एपीआइ मार्फत बैंकका थप सेवाहरूलाई मोबाइल बैंकिङ्ग मै जोड्न सकिने जानकारी दिए।

दराजद्वारा ७.७, 'ह्वाट द फ्ल्याश' सेलको घोषणा

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपा…
_ILhKYfm3Q5_vdx5qewnnnkaufdezwfcyusym2ocfuxqoberjtgpbn4zh7tf6mfjzwcsphhl_yoG0jo2xwn_dlkngyev4dehrxwxj2iff9ynri09tpobt93ipszycegg6nymmqcfcgvxixer.jpg)
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

प्रतिक्रिया