बर्खास्तीमा परेका मन्त्री खड्का भन्छन् - मुख्यमन्त्रीसँग सम्बन्धित अडिओ-भिडियो सार्वजनिक गर्छु

पोखरा। गण्डकी प्रदेशका निवर्तमान भौतिक, पूर्वाधार मन्त्री कुमार खड्काले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलबारे ‘सनसनी’ अडिओ, भिडिओ ल्याउने बताएका छन् । बर्खास्तीपछि बिहीबार पत्रकार सम्मेलनकाे आयोजना गरेर उनले चुनावपछि मुख्यमन्त्रीसँग सम्बन्धित अडिओ-भिडियो सार्वजनिक गर्ने खुलासा गरेका हुन् ।
‘मलाई अपमानजनक तरिकाले किन निकालियो ? दवाब, आवश्यकता, लक्ष्य के हो ? भनेर सोध्छु । यसमा के बार्गेनिङ छ र ? स्वार्थ जोडिएको छैन,’ उनले भने । पत्रकार सम्मेलन भर उनले प्रदेश सभा उम्मेदवार विन्दुकुमार थापा र मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको आचोलनामा समय खर्च गरे । उनले विन्दुकुमार थापाले आफूलाई निराधार आरोप लगाएको बताए । आफू बर्खास्तीमा पर्नुको कारण विन्दुकुमार थापा र चिसिएको मुख्यमन्त्रीसँगको सम्बन्ध हुने सक्ने बताए ।
गठबन्धन सरकारका कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले आफ्नो प्लटिङ भएका ठाउँमा करोडौ बजेट हालेको खुलासा गरे । चुनावपछि गठबन्धन सरकारले बिदाई हुने मन्त्रीहरुलाई करोडौको गाडी किन्ने तयारी गरिरहेको खड्काले जानकारी दिए । यस्तै माओवादी र मुख्यमन्त्रीको क्षेत्रमा योजना हालेकाले पछिल्लो समय मुख्यमन्त्रीसँग आफ्नो सम्बन्ध चिसिएको उनकाे भनाइ छ । ‘माइतीघाट झोलुंगे पुल १०० करोड हालेर बनाउने उहाँको योजनामा मैले विरोध गरें, त्यही पनि एक कारण हुन सक्छ,’ उनले भने । उनले टिकट नपाएको र बर्खास्तीमा परेको भरमा नेपाली कांग्रेस नछोड्ने बताए सुनाए ।
पार्टीले बर्खास्त गरे पनि आफू कांग्रेस बाहिर गएर राजनीति नगर्ने उनले बताए । ‘मैले अखण्ड नेपाल पार्टी नेपाली कांग्रेसमा समाहित गरेर आएको हुँ । कांग्रेसले मलाई सांसद बनायो, लेखा समितिको सभापति बनायो, मन्त्री पनि बनायो एउटा कार्यकर्तालाई लगाउने सबैभन्दा ठूलो गुन लगाएको छ,’ उनले भने, ‘आफू सहित सयौंको संख्यामा पार्टी प्रवेश गराउँदा नै मर्ने बेलामा चारतारे झण्डा ओडेर मर्न आएको छु भनेको थिएँ । जस्तो सुकै अन्याय, अत्याचार तिरस्कार भएपनि म नेपाली कांग्रेस छाडेर अन्य पार्टीमा जाने वाला छैन ।’

खोपारामा पर्यटकीय पूर्वाधार निर्माण

माझफाँट–लेकफाँट सडक कालोपत्र

जलजलाको आफ्नै भवनबाट कार्यालय सञ्चालन

करोडौँ खर्चेर बनाएको पालिकास्तरीय अस्पताल भवन प्रयोगविहीन
मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै

ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए

बागलुङमा सात करोड ६६ लाखमा पुल निर्माण

प्रतिक्रिया