आरएमसी फुड्सद्वारा ‘न्यूट्रिप्लस' ब्राण्ड अन्तर्गतको खाद्यान्न तेल सार्वजनिक

काठमाडौँ-आरएमसी फुड्सद्वारा ‘न्यूट्रिप्लस’ ब्राण्डअन्तर्गत विभिन्न प्रकारका खाद्यान्न तेलहरू बजारमा उपलब्ध हुन थालेका छन् । ‘न्यूट्रिप्लस’ नामअन्तर्गत बजारमा पहिलो पटक आफ्ना खाद्यान्न तेलका उत्पादनहरू सार्वजनिक गर्ने क्रममा आरएमसी फुड्सले “न्यूट्रिप्लस” सूर्यमूखी, सोयाबिन र पालमोलिन गरी तीन प्रकारका तेलहरू सार्वजनिक गरेको हो ।
आफैंमा एक ख्याति प्राप्त र स्थापित संस्थाका रूपमा परिचित आरएमसी ग्रुपले विगत ३० वर्षदेखि निर्माण सामाग्रीहरूको उत्पादन तथा आपूर्ति गर्दै आइरहेको छ । हामी भविष्यका निर्माता हौँ र हरेक जनमानसको सहज जीवनका सर्जक पनि हौँ भन्ने मूल मन्त्रसहित देशको अर्थतन्त्रमा महत्वपूर्ण भुमिका निभाउँदै आएको आरएमसी ग्रुपले सरोकारवाला र सेवाग्राहीहरूबाट अटुट लगाव र विश्वास प्राप्त गर्दै आइरहेको छ ।
यहीँ भरोसाको पुँजीले नै संस्थालाई खाद्यान्न क्षेत्रमा पनि गुणस्तरीय उत्पादनहरूको आपूर्ति गर्नुपर्छ भन्ने आत्मविश्वास पलाएको र आरएमसी फुड्स सञ्चालनमा ल्याउन प्रेरणा मिलेको कम्पनीले बताएको छ ।
कम्पनीले आफ्ना खाद्यान्न उत्पादनहरूको ब्राण्ड एम्बेसेडरका रूपमा प्रख्यात टेलिभिजन कार्यक्रम बीबीसी मास्टर सेफका फाइनालिस्ट सेफ सन्तोष साहलाई अनुबन्ध गरेको छ ।
आफ्ना उत्पादनहरूका बारेमा कम्पनीका कार्यकारी निर्देशक राजेश कुमार अग्रवालले भने, “गुणस्तरीय खाद्यान्न उत्पादनहरू आपूर्ति गरी ग्राहकहरूको मन जित्ने हाम्रो मूल उद्देश्य रहेको छ । यस कार्यमा यहाँहरूको साथ, सहयोग र सहकार्य यसैगरी मिल्दै गयो भने शीघ्र नै न्यूट्रिप्लस प्रत्येक घरघरमा र सबैको मनमनमा बस्न सफल हुनेछ भन्ने विश्वास हामीले लिएका छौँ ।”
आगामी दिनहरूमा न्यूट्रिप्लसलाई अझ बृहत्तर आकार दिन र बजारको मागलाई पूरा गर्नका निम्ति थप उत्पादनहरू ल्याउँदै जाने पनि कम्पनीले जनाएको छ ।

दराजद्वारा ७.७, 'ह्वाट द फ्ल्याश' सेलको घोषणा

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपा…
_ILhKYfm3Q5_vdx5qewnnnkaufdezwfcyusym2ocfuxqoberjtgpbn4zh7tf6mfjzwcsphhl_yoG0jo2xwn_dlkngyev4dehrxwxj2iff9ynri09tpobt93ipszycegg6nymmqcfcgvxixer.jpg)
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

प्रतिक्रिया