४० मेगावाटको रहुगंगा धमाधम

काठमाडौं - कुनै बेला मृतप्रायः रहेको राहुगंगा (साविकको राहुघाट) जलविद्युत् आयोजनाको निर्माण कार्यले तीव्रता पाएको छ । २२ वर्षअघि सुरु भएको यो आयोजना विभिन्न विवाद, मुद्दा मामिला र ऋणदाता भारतीय दबाबले परामर्शदाता परिवर्तन लगायतका कारण गति लिन सकेको थिएन । राहुगगा हाइड्रोपावर कम्पनीका प्रबन्ध सञ्चालक गणेश केसीका अनुसार यो आयोजनामा ४८ प्रतिशत निर्माण कार्य पूरा भएको छ । ‘अहिले काम धमाधम भइरहेको छ,’ केसीले मंगलबार इकागजसँग भने ।
उनका अनुसार शिर कार्य (हेडवर्क्स) को खन्ने काम पूरा भएर यसको ढलान कार्य सुरु भएको छ । त्यसैगरी मुहान (इनटेक) को काम ५० प्रतिशत पूरा भएको उनले बताए ।
आयोजनाको जटिल संरचनाका रुपमा लिइन मुख्य सुरुङ (एचआरटी) को कूल ६.२ किलोमिटरमध्ये ३.५ किलोमिटर खन्ने काम पूरा भएको छ । सर्ज साफ्ट खन्ने काम पूरा भएर कंक्रिट लाइनिङको काम भइरहेको उनले बताए ।
विद्युत् उत्पादनका बेला समान दबाब कायम राख्ने सुरुङ (प्रेसर टनेल) को काम पनि ६७५ मिटर खनिइसकेको केसीले बताए । यस्तो सुरुङ एक किलोमिटरको छ ।
त्यसैगरी विद्युत् गृहको फाउन्डेसनको सबै काम पूरा भएर धमाधम ढलान गर्ने कार्य भइरहेको छ । प्रबन्ध सञ्चालक केसीका अनुसार सन् २०२२ को नोभेम्बरमा सम्पूर्ण आयोजना निर्माण पूरा गर्ने भनिए पनि कोभिड–१९, भौगर्भिक अवस्था लगायतका कारणले अर्काे वर्ष पूरा हुने अनुमान छ ।
सुरुमा ३२ मेगावाट जडित क्षमताको बनाउने भनिए पनि पछि यसको नाम र प्रकृति नै परिवर्तन गरी अर्धजलाशययुक्त ४० मेगावाट बनाएको थियो । साविकमा यसलाई राहुघाट भनिएको थियो ।
विवादै विवादमा जकडिएको रहुगंगाको पछिल्लो संशोधित लागत अनुमान नौ अर्ब १७ करोड रुपैयाँ छ । यो आयोजनामा भारतीय एक्जिम बैंकको लाइन अफ क्रेडिट अन्तर्गत सहुलियतपूर्ण ऋण भएकाले उसकै ठेकेदार र परामर्शदाता हुनुपर्ने शर्त थियो । भारतले तीन करोड ६० लाख अमेरिकी डलर ऋण यस आयोजनालाई दिएको छ ।
तर प्राधिकरणले ठेकेदारमा भारतीय र परामर्शदातामा चिनियाँ कम्पनीलाई दिएपछि विवाद उत्पन्न भएको थियो । सुरुको भारतीय ठेकेदार आईभीआरसीएलले काम गर्न नसकेपछि ठेक्का रद्द गरिएको थियो । उसलाई ८० करोड रुपैयाँ हर्जाना तिराउने निर्णय भएको थियो ।
आईभीआरसीएलपछि सिभिलको ठेक्का अर्काे भारतीय कम्पनी जेपी एसोसिउट्सले र इलेक्ट्रो–मेकानिकलको ठेक्का भारतीय हेभी इलेक्ट्रिकल्स (भेल) ले पाएको छ । इलेक्ट्रो–मेकानिकलको ठेक्का रकम एक अर्ब १० करोड रुपैयाँ छ भने सिभिल र हाइड्रो–मेकानिकलको एउटै लटमा ६ अर्ब ५० करोड रुपैयाँमा सम्झौता गरिएको छ ।
यो आयोजनाको अध्ययन २५ वर्षअघि भएको थियो । क्यानडाको सीआईडब्लूई र नेपाल विद्युत् प्राधिकरणले सन् १९९७ को मार्चमा यसको अध्ययन पूरा गरेका थिए ।

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

भारतबाट विद्युत् आयातको समय थप चार घण्टा बढाइयो

राहुघाट जलविद्युत् आयोजना सकियो, परीक्षण उत्पादन हुँदै

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

बौदीकालीमा बल्ल पुग्यो बिजुली

ऊर्जा मन्त्रालयको हटलाइन : एक महिनामा १९ सय उजुरी
_7ALsX0Sr8x_xvalc0txdefm34rcrxbzzplqhq3cnfzupilh6h4yxisyyat3jsfpnejx5hwa_aKoM3baJl1_wjm9ri0vhnrwcshmpabdbat0ltcd6q0aeob1s1llhbiscuwztw87sriswdhi.jpg)
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

प्रतिक्रिया