'अन्य पार्टीका मतादाले पनि एमालेलाई मत दिन्छन्'

मकवानपुर- नेकपा एमाले मकवानपुर अध्यक्ष एकलाल श्रेष्ठले अन्य पार्टीका मतदाताले पनि एमालेलाई मत दिने बताएका छन् । मकवानपुर क्षेत्र नम्बर १ प्रदेश सभा (ख) का उम्मेदवार श्रेष्ठले मंगलबार हेटौंडामा भएको चुनावी सभालाई सम्बोधन गर्दै मुलुक जोगाउने एक मात्र पार्टी नेकपा एमाले भएकोले एमालेका मतदातासहित अन्य पार्टीकाले पनि एमालेमा मत दिने विश्वास व्यक्त गरेका हुन् ।
एमालेले सुरु गरेको समृद्ध नेपाल, सुखी नेपालीको नारालाई सार्थक पार्न एमाले सधैं लागिरहेको उनले बताए । श्रेष्ठले आर्थिक वृद्धिका संवाहकका रूपमा रहेका कृषि र वन, उद्योग, पर्यटन, ऊर्जा, यातायात तथा सूचना प्रविधि तथा भौतिक पूर्वाधारको तीव्र विकास नेकपा एमालेको प्राथमिकतामा रहेको समेत बताए ।
केपी ओली नेतृत्वको सरकारले नाकाबन्दीको सामना, चीनसँग पारवहन सम्झौता, गुमेको भूभागलाई नक्समा समाहित गर्दै नागरिकका मुर्छित सपनालाई जगाउने काम गरेको उनले बताए ।

छोरी भेट्न गएका प्रजा मृत भेटिए

अण्डा उत्पादन घट्यो , मूल्य बढ्यो

पाँचखाल नगरपालिकाद्वारा कर नतिर्ने इँटा उद्योग सिल

सवारीसाधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

बागमती प्रदेशमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व सङ्कलन

६४ हजारले लिए कामपाको निःशुल्क कानुनी सेवा

१२२ करदाता कारबाहीमा

प्रतिक्रिया