७३ वर्षीया सासूको हत्या आरोपमा ज्वाइँ पक्राउ

सुर्खेत- सुर्खेतमा ७३ वर्षीया वृद्धा सासूको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । लेकवेशी नगरपालिका-९ चौरासेस्थित तिल्के पानीमा बस्दै आएकी अन्दाजी ७३ वर्षीया डिल्लीसरा जैसी (भण्डारी) को हत्या आरोपमा सोही ठाउँका ३३ वर्षीय शालिकराम बास्तोलालाई प्रहरीले पक्राउ गरेको हो ।
सोमबार साँझ बास्तोला र जैसीबीच वादविवाद भएको अनुसन्धानका क्रममा खुलेको कर्णाली प्रदेश प्रहरी कार्यालयले सुर्खेतले जनाएको छ ।
डिल्लिसरा बस्दै आएको घरदेखि करिब एक हजार पाँच सय मिटरको दुरीस्थित कच्ची घरमा विवाद हुँदा वास्तोलाले धकेलेपछि ढुंगामा टाउको ठोक्किदा मृत्यु भएको प्रहरीले जनाएको छ । जैसी र बास्तोला नाताले सासू-ज्वाइँ हुन् ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया