मेस्सीको दुई गोलमा बार्सिलोनाले गेटाफेलाई हरायो

काठमाडौँ : स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले गेटाफेलाई हराएको छ । बिहीबार राती भएको खेलमा बार्सिलोनाले गेटाफेलाई ५–२ गोल अन्तरले हराएको हो ।
बार्सिलोनालाई जिताउन लियोनल मेस्सीले दुई गोल गरे । यस्तै एन्टोइनी ग्रिजमेन र रोनाल्ड अरौजोले एक एक गोल गर्दा एक गोल बार्सिलोनाले गेटाफेबाट उपहार पाएको थियो ।
गेटाफेका लागि इनेस उनालले गोल गरे । अर्को गोल भने बार्सिलोनाबाट उपहार पाएको थियो । जितपछि बार्सिलोना ३१ खेलबाट ६८ अंक बनाएर तेस्रो स्थानमा छ । एक खेल बढी खेलेको रियल म्याड्रिड ७० अंकसहित दोस्रो स्थानमा छ भने समान खेलबाट ७३ अंकसहित एथ्लेटिको म्याड्रिड शीर्ष स्थानमा छ ।
हार व्यहोरेको गेटाफे भने ३१ अंकसहित १५ औँ स्थानमा छ ।

सन्दीप लामिछानेको क्यान कन्ट्रयाक्टबाट बाहिरिने निर्णय

नेपाल हङकङसँग पराजित

आइसीसी महिला टी-२०, नेपाल आज पुनः हङकङसँग भिडदैँ
फिफाको नयाँ निर्णय : सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोली सहभागी हुने

पिएम कप भलिबल अर्को महिनामा हुने

एन्फा साधारणसभामा गणेश थापामाथि रोक लगाएपछि प्ले कार्ड बाेकेर प्रदर्शन (भिडिय…

गणेश थापाका छोरा भन्छन्- अदालतको आदेश देखाउँदा पनि बुवालाई प्रवेश गर्न दिएनन्

प्रतिक्रिया