कञ्चनपुरबाट तीन किलो चरेससहित एक जना पक्राउ

धनगढी- कञ्चनपुरमा ३ किलो चरेससहित एक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको हो ।
कृष्णपुर नगरपालिका वडा नम्बर २ बाणीस्थित पैदल हिँड्दै गरेका दार्चुला महाकाली नगरपालिका वडा नम्बर–९ दत्तलेक बस्ने ४१ वर्षीय नैनसिंह बोहरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
उनको साथबाट ३ किलो २९६ ग्राम चरेस फेला परेको प्रहरीले बताएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया