जुम्लाका आठवटै स्थानीय तहमा नमुना मतदान

जुम्ला- जुम्लाको एक नगरपालिकासहित सात गाउँपालिका गरी आठवटै स्थानीय तहमा मतदाता शिक्षाका लागि नमुना मतदान कार्यक्रम गरिएको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गरी नमुना मतदान कार्यक्रम सञ्चालन गरिएको निर्वाचन कार्यालयका सूचना अधिकारी अविनन्द चौलागाईले बताए ।
जिल्लाका आठवटै स्थानीय तहको सबै वडामा मतदातालाई मतदान गर्ने तरिका, बदर मत घटाउनका लागि नमुना मतदान गरिएको उनको भनाइ थियो ।
चन्दननाथ नगरपालिकामा गरिएको नमुना मतदानमा १०४ मतमध्ये १३ मत बदर भएको थियो भने सिञ्जा गाउँपालिकामा ३६ जनाले मतदान गरेकामा आठ मत बदर भएको थियो । कनकासुन्दरीमा ४८ जनाले मतदान गरेकामा १२ मत बदर, पातारासीमा ३८ जनाले मतदान दिएकामा १४ मत बदर भएको थियो ।
त्यस्तै हिमा गाउँपालिकामा ४२ जनाले गरेको १२ मत बदर, तातोपानीमा ५९ जनाले मतदान गरेकामा नौ मत बदर, तिलामा ७२ जनाले मतदान गरेकामा १८ मत बदर र गुठीचौर गाउँपालिकामा ७२ जनाले मतदान गरेकामा १२ मत बदर भएको थियो ।
नमुना मतदानले बदर मतको सङ्ख्या घटाउनका लागि सहयोग पुग्ने जिल्ला निर्वाचन परिचालन समितिले जनाएको छ । जिल्लाका सबै वडामा मतदाता शिक्षा सञ्चालन भएको र नमुना मतदानबाट पनि मतदानका विषयमा जानकारी हुने निर्वाचन कार्यालयका प्रमुख महेश शर्माले जानकारी दिए ।
जिल्लाभर कूल एक सय छ मतदान केन्द्र, ८३ वटा मतदान स्थल र दुई अस्थायी मतदान स्थल कायम गरिएको छ । जिल्लामा कूल ६८ हजार छ सय ३८ मतदाता छन् । प्रदेश सभा निर्वाचन (क) मा ३६ हजार सात सय ८३ र प्रदेश सभा (ख) मा ३१ हजार आठ सय ५५ मतदाता रहेको कार्यालयले जनाएको छ । जिल्लामा एक प्रतिनिधिसभा र दुई प्रदेश सभा सदस्यका लागि निर्वाचन हुँदैछ ।

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

जुम्लाको राक्से पाटनमा १३ भेडा पुरिए

माटोको ढिस्को खस्दा एकको मृत्यु, पाँच घाइते

जुम्लामा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

विद्युत् पहुँच नभएका डोल्पाका पाँच पालिकामा सोलार वितरण

प्रतिक्रिया