पाडिकलको शतकमा बेंगलोरको लगातार चौथो जित

काठमाडौँ : देवदुत पाडिकलले शतक प्रहार गरेपछि आइपीएलमा बेंगलोरले लगातार चौथो जित निकालेको छ । बिहीबार राती भएको खेलमा बेंगलोरले राजस्थान रोयल्सलाई १० विकेटले हरायो । मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १७७ रन बनायो ।
निकै खराब सुरुवात गरेको उसका लागि शिवम दुवेले ४६ र राहुल टेवाटियाले ४० रन बनाए । बेंगलोरका मोहम्मद सिरज र हर्षल पटेलले समान तीन तीन विकेट लिए । १७८ रनको मध्यम लक्ष्य बेंगलोरले १६ ओभर ३ बलमा कुनै पनि विकेट नगुमाई भेट्टायो ।
उसका लागि देवदुत पाडिकलले शतक प्रहार गरे भने कप्तान विराट कोहलीले नटआउट ७२ रन बनाए । विष्फोटक ब्याटिङ गरेका दुवै जनाले आक्रामक खेल्दै जितका लागि कुनै विकेट नगुमाई १८१ रनको विजयी साझेदारी गरेका थिए ।
जितसँगै लगातार चौथो जित निकालेको बेंगलोर ४ खेलबाट ८ अंकसहित लिगको शीर्ष स्थानमा छ । हार व्यहोरेको राजस्थान भने पुछारमा छ ।

म्याग्दी भलिबल कप : आयोजकलाई हराउँदै स्याङ्जा विजयी

द्वारिकादेवी ठकुरानी महिला क्रिकेट बिहीबारदेखि

सन्दीपको टिमलाई ब्रिज कपको उपाधि

सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग नेपाल पराजित

स्कटल्याण्डले दियो नेपाललाई १९४ रनको लक्ष्य
सिरिज जित्ने लक्ष्यका साथ नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

प्रतिक्रिया