बाँकेमा नौ जनालाई स्पष्टीकरण

नेपालगन्ज- बाँकेमा निर्वाचन आचारसंहिता उल्लंघन भएको भन्दै नौ जनालाई स्पष्टीकरण सोधिएको छ ।
आचारसंहिताविपरीत चामल बाँडेको, ब्यानर प्रयोग आचारसंहिताविपरीत भएको, तोकिएको भन्दा बढी प्रचार कार्यालय सञ्चालन गरेकोलगायतका विषयमा स्पष्टीकरण सोधिएको जिल्ला आचारसंहिता अनुगमन अधिकृत तथा कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख खडानन्द अधिकारीले जानकारी दिए ।
उनका अनुसार प्रतिनिधि सभा सदस्यको स्वतन्त्र उम्मेदवार दिवाकर खनाल, बागेश्वर चौलागाईंसहित राप्रपा नेपाल, सद्भावना पार्टी र जसपाका उम्मेदवारलाई स्पष्टीकरण सोधिएको छ ।
स्पष्टीकरणपछि ब्यानर हटाएको र जसपाका उम्मेदवारलाई तोकिएको भन्दा बढी प्रचार कार्यालय खोलिएकामा बढी भएका प्रचार कार्यालय हटाएको अधिकारीले बताए ।
नेपालगन्ज वडा नं २० का वडाध्यक्ष कौशलकुमार धोबीले वडावासीलाई चामल बाँडेका विषयमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको र सो सम्बन्धमा पनि स्पष्टीकरण सोधिएको उल्लेख गरे ।
वडा कार्यालयले पहिले भएको निर्णयअनुसार चामल बाँडेको र कसैलाई प्रभाव पार्ने गरी चामल नबाँडेको स्पष्टीकरण दिएको छ । निर्वाचन आचारसंहिता उल्लंघनमा ब्यानरको विषयमा चार दल, स्वतन्त्र उम्मेदवार दुई, गैरसरकारी संस्था एक र २० नं वडाका वडाध्यक्ष एक लगायतबाट आचारसंहिता उल्लंघन भएको अधिकारीले बताए ।
जसपालाई प्रचार सामग्री र प्रचार कार्यालय बढी राखेको दुई स्पष्टीकरण सोधिएको थियो । आचारसंहिता उल्लंघनमा कपास विकास समितिका अध्यक्ष हेमन्तराज काफ्लेलाई सचेत गराइएको समेत उनले बताए । अधिकारीले मतदातालाई प्रभाव पार्ने गरी विकासका काम नगर्न आग्रह गर्दै त्यस्तो पाइए कारबाही हुने चेतावनी दिए ।

भूमिहीन भएको चार दशकपछि जग्गाधनी

हुलाकी सडकले सुगम बन्यो नरैनापुर

रुरु क्षेत्रमा शालिग्राम महोत्सव

बसको ठक्करबाट एकको मृत्यु, एक गम्भीर घाइते
_wNt8QwbdyM_r9errxwu0qfivzkvdybqzpecg6ryzvwyeqscx8kkacce0fgbx5nxasaouvkf_QvTn8g0Agv_ybnxdo48bpzqkk2n9zdfhjkvr2ic5s4wtkdrcsdnzdvd0dztrqwpgnqk1kjs.jpg)
बर्सिम घाँसको बीउबाट दुई लाख आम्दानी
_XoYsBJGQV0_6s1crtzhlwd2lkygzthkbxvdocbu2yktm4x1nmhg3rbtd6vzwmzaztnra1sv_WBbq55ZWIS_zhppa0ib3tatlpnof9rrrvvkcwy1mketph8n6yvpnnp0micvbag8hpzacjkp.jpg)
रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप

हाइटेन्सन लाइनको पोलमा ठोक्किएर एकको मृत्यु

प्रतिक्रिया