बुधबार ०७ जेठ, २०८२
Wednesday, May 21, 2025

युएईद्वारा नेपाललाई २६४ रनको लक्ष्य

काठमाडौँ- युनाइटेड अरब इमिरेट्स (युएई) ले तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा नेपाललाई २६४ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २६३ सय रन जोड्यो ।

युएईका लागि रोहन मुस्तफाले ५३ रन जोड्दा मुहम्मद वसिमले ४४, भृत्य अरविन्दले ४० तथा अलिसन सराफुले २९ रनको योगदान गरे । अहमद राजाले २७ र अयान खानले २६ रन बनाए ।

नेपालका लागि गुल्सन झाले २ तथा दिपेन्द्र सिंह ऐरी र सोमपाल कामीले एक-एक विकेट लिए ।