युनाइटेडले आफूलाई धोका दिएको रोनाल्डोको आरोप

काठमाडौँ- पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले आफू इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले धोका दिएको बताएका छन् । आफूलाई क्लबबाट बाहिर राख्न खोजेको समेत आरोप लगाएको बीबीसीले जनाएको छ ।
युनाइटेडबाट ट्रान्सफर हुन नसकेपछि रोनाल्डोले गत अगस्टमा आफूले क्लबका लागि राम्रो प्रदर्शन गर्ने वाचा गरेका थिए । तर उनले अहिले भने मौनतालाई तोडेका छन् ।
उनले युनाइटेडका मुख्य प्रशिक्षक एरिक टेन हाग मात्र नभएर अन्य दुई-तीन जनाले आफूलाई क्लबबाट बाहिर राख्न खोजेको आरोप लगाए ।
३७ वर्षीय रोनाल्डोले क्लबका मुख्य प्रशिक्षक टेन हागप्रति कुनै सम्मान नभएको समेत बताए ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया