सुर्खेत पुगेपछि ओलीको प्रश्न : शेरबहादुर र प्रचण्डले टुंग्यानुस्, तपाईंहरूमध्ये को प्रतिपक्षमा बस्ने ?

सुर्खेत- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ पछि गठबन्धनमा रहेका दलहरूमध्येबाटै प्रतिपक्षमा बस्नुपर्ने अवस्था आउने बताएका छन् ।
एमाले सुर्खेतद्वारा आइतबार वीरेन्द्रनगरमा आयोजित जनसभालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । ‘शेरबहादुर र प्रचण्डले टुंगोमा पुग्नुस् तपाईंहरूमध्ये को प्रतिपक्षमा बस्ने,’ उनले भने, ‘अबको निर्वाचनपछि एमालेको नेतृत्वमा दुई तिहाइको सरकार बन्नेछ ।’
अध्यक्ष ओलीले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको अस्तित्व मेटिने दाबी गरे । ‘तपाईंहरूको मंसिर ४ पछि म्याद सकिन्छ,’ समाजवादीतर्फ लक्षित गर्दै ओलीले भने, ‘बरू म्यादी प्रहरीको जागिर मंसिर ४ पछि पनि रहन्छ तर, तपाईंहरूको सकिन्छ ।’
ओलीले अहिलेको गठबन्धन स्वार्थीहरूको समूह रहेको टिप्पणी गरेका छन् । ‘टुटेफुटेको हाँडीमा खपटा जोडेको स्वार्थीहरूको गठबन्धन बनेको छ,’ ओलीले प्रश्न गरे, ‘यी सबैका आ-आफ्नै घोषणापत्रहरू छन्, कसको घोषणापत्र लागू गर्ने ?’ उनले नागरिकलाई झुक्याउनका लागि गठबन्धन गरिएको जिकिर गरे ।
देशमा भएका राम्रा काम एमालेले गरेको दाबी गर्दै अध्यक्ष ओली भन्छन्, ‘देउवालाई मेरो प्रश्न छ, पाँच पटक प्रधानमन्त्री हुनुभयो, एउटा काम के चाहिँ गर्नु भयो ?’ उनले थपे, ‘शेरबहादुर जी अगाडि उभिएर हेर्नुस् हामीले गरेका काम देख्नुहुन्छ, अगाडि हेर्न नचाहे पछाडि फर्कनुहोस् त्यहाँ पनि एमालेले गरेका काम देख्न सक्नुहुन्छ ।’
विपन्न नागरिकका लागि संरचना निर्माणदेखि वृद्धभत्ताको व्यवस्था गरिएको उनले बताए । ओलीले अबको पाँच वर्षभित्र नेपाललाई दुनियाँकै नमुना बनाउने दाबी गरे ।
प्रचण्डलाई लक्षित गर्दै ओलीले अस्तित्व मेटिन लागेको पार्टीलाई हिजोका दिनमा आफूसँग ल्याएपछि ३६ सिट आएको दाबी गरे । अबको निर्वाचनमा त्यो गुम्न सक्ने उनको भनाइ थियो ।
कार्यक्रममा एमाले कर्णाली प्रदेशका इन्चार्ज यामलाल कँडेलले अहिलेको गठबन्धन स्वार्थपूर्तिका लागि बनाइएको भन्दै लामो समयसम्म टिकाउ नहुने जिकिर गरे । उनले समृद्ध कर्णाली प्रदेश निर्माणका लागि एमालेको नेतृत्वमा सरकार गठन हुनुपर्ने बताए ।

वैदेशिक रोजगारमा जानेहरूलाई बिनाधितो ऋण दिने कार्यविधि अन्तिम चरणमा

कांग्रेस बैठक आजसम्म चल्ने

कृषि कर्जालाई सरलीकृत गरिदिन मन्त्री अधिकारीको आग्रह

युवाहरूलाई साथमा लिएर अघि बढ्छौँ : प्रचण्ड

राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्रमा सुधार गर्न सकिँदैन : बाबुराम भट्टराई

हेल्लो ! साम्बा एन्ड टिम विस यु अल द बेस्ट : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको…

प्रतिक्रिया