मधुमेह रोगको पहिचान हुनासाथ नियमित रूपमा आँखाको परीक्षण गराउन चिकित्सककाे सुझाव

काठमाडौँ- चिकित्सकहरूले मधुमेह रोगको पहिचान हुनासाथ नियमित रूपमा आँखाको परीक्षण गराउन सुझाव दिएका छन् ।
विश्व मधुमेह दिवसका सन्दर्भमा तिलगङ्गा आँखा प्रतिष्ठानले आइतबार काठमाडौँमा गरेको अन्तरक्रिया कार्यक्रममा उनीहरूले मधुमेहका कारण अन्धोपना समेत हुन सक्ने भएकाले मधुमेह रोगको पहिचान हुनासाथ नियमित रूपमा आँखाको परीक्षण गराउन सुझाव दिएका हुन् ।
प्रतिष्ठानका आँखा पर्दा रोग विशेषज्ञ डा. रबा थापाले मधुमेह भएका व्यक्तिमा आँखामा धेरै असर गरिसकेपछि मात्र रोगको बारेमा थाहा हुने भएकाले सचेत रहनुपर्ने बताइन् । अन्धोपना, खुट्टा काट्नुपर्ने अवस्था, हृदय रोग, मिर्गौलाले काम नगर्ने अवस्था र असामयिक निधनको प्रमुख कारणको रुपमा मधुमेह देखिएको उनले जानकारी दिइन् ।
डाक्टर थापाले मधुमेह नेपालमा पनि बढ्दै गएको र सहरी क्षेत्रमा ४० वर्गभन्दा माथि १९ प्रतिशत र ग्रामीण भेगमा दुई दशमलव ५ जनामा मधुमेह देखिएको जानकारी दिइन् ।
प्रतिष्ठानले ‘मधुमेह सेवामा पहुँच बढाऔँ’ साथै ‘सुरक्षित भविष्यका लागि मधुमेहबारे जानौँ’ भन्ने नाराका साथ कार्तिक २५ देखि मङ्सिर एक गतेसम्म मधुमेहको आँखामा असर सम्बन्धी सचेतना सप्ताहका रूपमा मनाइरहेको छ । मधुमेह दिवस भने नोभेम्बर १४ तारिखकका दिन मनाइन्छ । अन्तर्राष्ट्रिय मधुमेह सङ्घका अनुसार विश्वभर ५ सय ३७ मिलियन मानिस मधुमेहबाट ग्रसित छन् ।

बिहेमा खाजा खाँदा जन्तीसहित एक सयभन्दा बढी बिरामी

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

प्रतिक्रिया